सरकारी कर्मचारीलाई सेयर कारोबारमा रोक

काठमाडौं । सरकारी कार्यालयमा सेयर कारोबार नहुने गरी टीएमएस खुल्ने वेबसाइट बन्द गरिने भएको छ । अबदेखि देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार हुने वेबसाइट बन्द गरिने भए पनि मोबाइलबाट इन्टरनेटको सुविधा लिई चलाएको पाइएमा के कारबाही हुने भन्ने अन्योल देखिएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै […]

Sep 11, 2024 - 02:17
 0
सरकारी कर्मचारीलाई सेयर कारोबारमा रोक

काठमाडौं ।

सरकारी कार्यालयमा सेयर कारोबार नहुने गरी टीएमएस खुल्ने वेबसाइट बन्द गरिने भएको छ । अबदेखि देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार हुने वेबसाइट बन्द गरिने भए पनि मोबाइलबाट इन्टरनेटको सुविधा लिई चलाएको पाइएमा के कारबाही हुने भन्ने अन्योल देखिएको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने बनाउन व्यवस्था गर्न निर्देशन दिएको छ । सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि निर्देशन दिइएको छ । तर, कर्मचारीले आफ्नो मोबाइलमा डाटा प्रयोग गरेर भने चलाउन सक्ने देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रवक्ता मुरारी पराजुलीले नेप्सेले आफ्नो सेवा ठाउँअनुसार बन्द गर्न नसक्ने बताउनुभयो । उहाँले कार्यालयले चाहे आफ्नो वाइफाइ प्रयोगकर्ताले निश्चित वेबसाइड नखुल्ने बनाउन भने मिल्ने जानकारी दिनुभयो ।

सिंहदरबारभित्र सेयर कारोबार रोक्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको थियो । सोही पत्रका आधारमा प्रधानमन्त्री कार्यालयले मंगलबार सबै सरकारी कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले प्रधानमन्त्री कार्यालयलाई सरकारी कर्मचारीलाई सेयर कारोबारमा रोक लगाउन भन्दै पत्र लेखेको बताउनुभएको छ । तर, कार्यालय समयमा सेयर कारोबार गरे के गर्ने भन्ने नेपाल समाचारपत्रको प्रश्नमा भने उत्तर दिन नमिल्ने प्रवक्ता घिमिरेको थियो ।

सिंहदरबारका कर्मचारी कार्यालय समयमा काम छाडेर सेयर कारोबारमा व्यस्त हुने गरेको उजुरीपछि अख्तियारले अनुगमन गरेको थियो । अनुगमनमा पनि उजुरी गरेजस्तै अवस्था देखिएपछि अख्तियारले पत्र काटेको थियो । त्यसै गरी प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यले पनि कर्मचारीले आफ्नो मोबाइलमा डाटा प्रयोग गरी चलाएको पाइएमा के कारबाही हुने भन्ने प्रश्नमा जवाफ दिनुभएन ।

उहाँले प्रधानमन्त्री कार्यालयले आफू मातहतका मन्त्रालय र प्रदेश मुख्यमन्त्रीको कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिनुभयो । पछिल्लो एक–दुई महिनायता सेयर बजारमा उत्साह देखिएको छ । सोही कारण सरकारी कर्मचारीहरूको पनि सेयर कारोबारमा रुचि बढेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register