झापाली चेली दिक्षाको अस्ट्रेलियामा शंकास्पद मृत्यु

प्रकाश उप्रेतीझापा, २६ भदौ । झापाको मेचीनगर–१४ की चेली तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । सिड्निदेखि केही दुरीमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दीक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार ‘एभरेस्ट बुचरी’मा पार्टटाइम काम गर्दै आएकी थिइन् । भने [...] The post झापाली चेली दिक्षाको अस्ट्रेलियामा शंकास्पद मृत्यु appeared first on Jhapa Online.

Sep 11, 2024 - 06:32
 0
झापाली चेली दिक्षाको अस्ट्रेलियामा शंकास्पद मृत्यु

प्रकाश उप्रेती
झापा, २६ भदौ ।
झापाको मेचीनगर–१४ की चेली तुलसामाया शिवाकोटी (दीक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ ।

सिड्निदेखि केही दुरीमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दीक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार ‘एभरेस्ट बुचरी’मा पार्टटाइम काम गर्दै आएकी थिइन् ।

भने उनको श्रीमान् रबि प्रसाईं सोही ‘बुचरी’ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् । अघिल्लो दिन रबि र तुलनामाया सँगै डिउटी जाने र सँगै फर्केका थिए । अर्कोदिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै डिउटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो । काउण्टरमा दिक्षालाई नदेखेपछि रबिले खोजीकार्य बढाएको उनको भनाई छ ।

‘छोरी दिक्षा हराएकी रहिछ’, दिक्षाकी आमा अम्बिका शिवाकोटीले भनिन्, ‘अघिल्लो दिन गफ गरेकी छोरिलाई पटकपटक फोन गर्दा लागेन अनि ज्वाईं रबिलाई गरेपछी मात्रै हराएको कुरा थाहा भएको थियो । सिड्नी शहरमा ५ दिनयता एउटा कोठामा बस्दै आएकाले नयाँ शहरमा कतै झुक्किइँ होला भन्ने लाग्दै ज्वाईंलाई खोज्न आग्रह गरे ।’

सो कुरा आमा अम्बिकाले जेठी छोरी आशालाई जानकारी गराएलगत्तै रबिलाई फोन गरेर पुलिस केश गर्न भनिन् । रबिले पनि स्थानीय ठाउँमा खोज्ने नभेटिए पुलिस रिपोर्ट गर्छु भने तर, दिक्षालाई न रबिले नै भेटे न स्थानीयले ।

रबिले रडेल र सिड्नी पुलिस स्टेशन पुगेर वेपता भएकी पत्नी खोजीदिन भन्दै निवेदन गरेका थिए । अस्ट्रेलियाको मिसिङ नोटिक्स सार्वजनिक गरेपछि त्यहाँको समयनुसार १०स्४ बजे पसलबाट निस्किएकी दिक्षालाई झन्डै २५ किलोमिटरदुरिमा रहेको फिलिप्स पार्कभित्र ६ घण्टापछि ५ बजे शंकास्पद अवस्थामा मृत शव फेला परेको हो । प्रहरीको अनुशन्धानकै क्रम रहेकाले उनको शब हालसम्म परिवारलाई दिएको छैन ।

२०५३ सालमा जन्म भइ २७ वर्षकी दिक्षाको कलिलै उमेरमा कसरी र के कारणले मृत्यु भयो शंकास्पद र रहस्यमय छ । प्रहरीको रिपोर्टपछि आत्महत्या नै गरेको रहेछ भनेपनि आत्महत्या दुरुत्साहनको कानूनी प्रक्रिया अघि बढाउने दिक्षाको माइती पक्षको भनाइ छ ।

दिक्षा झापा मेचीनगर–१४ रामनगरस्थित उनका बुवा टंकप्रसाद र आमा अम्बिका शिवाकोटीको ५ जना सन्तानमध्ये कान्छी छोरी हुन् । उनका दुईजना दाजु बिदेशमै छन् । शालीन, मृदुभाषी, असिलो स्वभाव र परोपकार(सहयोगी मनकी धनी दिक्षाको मृत्युको खवरले परिवार, आफन्त र मेचीनगर(११ र १४ घरछिमेकी शोकमा डुबेका छ्न् । माइती घरमा दैनिक आफन्त र इष्टमित्रको घुइँचो बढेको छ ।

उता सत्यतथ्यका लागि प्रहरीको अनुशन्धानकै क्रममा रहेको एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले जानकारी दिए । अस्ट्रेलिया आएको ४ महिनामै कसरी उनको मृत्यु भयो उनका पति, आफन्त, साथिभाई या पारिवारिक समस्याकै कारण पनि हुनसक्ने अध्यक्ष ओलीको भनाई छ ।

घटनाको हुलियाँको अवस्थापछि प्रहरीले मृत भनेको छ तर, दिक्षाको माइततिर सुसाइड घटना हो भनेर खबर गरेपछि घटना शंकास्पद नै भएको झापाली समाज अस्ट्रेलियाका अध्यक्ष अशोक उप्रेतीको भनाई छ । ‘अस्ट्रेलियन प्रहरीले कुनै दवाब र प्रभाव बिना त्यसको सत्यतथ्य पत्ता लगाउन हामी पनि सहयोग गर्छौ’, उप्रेतीले भने ।

अनामनगरस्थित श्रीकृष्ण प्रसाईंका छोरा रबिले गत २०८० असार २९ गते दिक्षासँग बिधिवत रुपमा मागी बिहे गरेका थिए । बिहेपछि रबिका लागि दिक्षा दोस्रो पत्नी बनिन्। बिहेपछी सिड्नीकै पिआर कार्ड प्राप्त रबि अस्ट्रेलिया प्रस्तान गरेका थिए । अस्ट्रेलियाको पिआर कार्ड प्राप्त पहिलो पत्निसँग सम्बन्ध बिच्छेद गरेर बसेका रबि र बिदेशबाट नफर्केका श्रीमानलाई सम्बन्ध बिच्छेद गरेर बसेकी दिक्षाबीच पारिवारिक माध्यमबाट मागी बिवाह भएको थियो ।

रबिको पहिलो पत्नीसँग २ जना छोरा अस्ट्रेलियामै छ्न् । तीमध्ये १ जना साबालक र १ जना नाबालक भएकाले ती नाबालकलाई अस्ट्रेलियामा चाइल्ड हेल्प अन्तर्गत रबिले नै लालनपालनको खर्च बेहोर्दै आएका छ्न् । पहिलो पत्नी अस्ट्रेलियाको न्यु साउथ वल्स प्रान्तमा दुई छोरासँग बस्दै आएकी छन् ।

The post झापाली चेली दिक्षाको अस्ट्रेलियामा शंकास्पद मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register