ट्रम्प-ह्यारिस प्रेसिडेन्सियल डिबेट : एकअर्कालाई कमजोर करार, आफैँ सत्य भएको दाबी 

काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतीय चुनाव हुँदैछ । चुनावी मैदानमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम र बहालवाला उपराष्ट्रपति कमला ह्यारिस आमनेसामने छन् । उनीहरूले प्रेसिडेन्सियल डिबेट अर्थात् राष्ट्रपतीय बहस गरेका छन् । चुनावी नीति तथा कार्यक्रम केन्द्रित डिबेटमा उनीहरूले एकअर्कालाई दोषारोपण तथा आरोप-प्रत्यारोप गरेका छन् । सुरुमा आप्रावासी र सिमानाको प्रसङ्ग निकाल्दै ट्रम्प कमलामाथि […]

Sep 11, 2024 - 07:47
 0
ट्रम्प-ह्यारिस प्रेसिडेन्सियल डिबेट : एकअर्कालाई कमजोर करार, आफैँ सत्य भएको दाबी 

काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतीय चुनाव हुँदैछ । चुनावी मैदानमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम र बहालवाला उपराष्ट्रपति कमला ह्यारिस आमनेसामने छन् ।

उनीहरूले प्रेसिडेन्सियल डिबेट अर्थात् राष्ट्रपतीय बहस गरेका छन् । चुनावी नीति तथा कार्यक्रम केन्द्रित डिबेटमा उनीहरूले एकअर्कालाई दोषारोपण तथा आरोप-प्रत्यारोप गरेका छन् ।

सुरुमा आप्रावासी र सिमानाको प्रसङ्ग निकाल्दै ट्रम्प कमलामाथि खनिएका थिए । यस्तै मुद्रास्फीतिबारे आफ्नो धारणा राख्दै ट्रम्पले बाइडेन-ह्यारिस प्रशासनले आफ्नै नीति र लक्ष्य पूरा गर्न नसकेको बताए । उनले बाइडेन-ह्यारिस प्रशासनको सख्त आलोचना गरे ।

ह्यारिसले राष्ट्रव्यापी गर्भपतनमाथि लगाएको निषेधाज्ञाको प्रसङ्ग झिक्दै ट्रम्पमाथि दोष थुपारिन् । उनले ट्रम्पको कार्यशैलीमाथि पनि निन्दा गर्न पुगिन् ।

उनले सन् २०२१ को जनवरी ६ मा भएको आक्रमणका लागि स्वयम् ट्रम्प नै दोषी भएको दाबी मात्रै गरिनन्, ट्रम्पलाई सुध्रिनसमेत भनिन् ।

राष्ट्रिय सुरक्षा तथा वैदेशिक नीतिबारे ट्रम्प गलत र कमजोर रहेको ह्यारिसले औँल्याइन् भने ट्रम्पले बाइडेन-ह्यारिस प्रशासनलाई दोषारोषण गरे ।

उनीहरू दुवैले एकअर्कालाई कमजोर करार मात्रै गरेनन्, आगामी चुनावका लागि झुटो नीति तथा बाचा गरिरहेको भन्दै दोषारोपण गर्न पछि परेनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register