वाइफाईको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौं । बारामा खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेत छन् । उनले वाइफाईको रिचार्ज सकिएको विषयमा विवाद हुँदा ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । घटनामा जेठी छोरी १८ […]

Sep 11, 2024 - 07:51
 0
वाइफाईको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौं । बारामा खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा निजगढ नगरपालिका-९ का ४६ वर्षीय विमलकुमार बस्नेत छन् ।

उनले वाइफाईको रिचार्ज सकिएको विषयमा विवाद हुँदा ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

घटनामा जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

मंगलबार साँझ साढे ७ बजेतिर विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाईको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।

चार दिनदेखि घरको वाइफाईमा रिचार्ज सकिएको थियो । लक्ष्मीले रक्सी खान पैसा हुने तर, वाइफाईमा रिचार्ज गर्न नहुने भनेपछि सुरु भएको थियो । विवादका क्रममा विमलले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको पाइएको डीएसपी सापकोटाले बताए ।

घटनामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register