संसद्‌मा सुवासको सम्झना

काठमाडौं । संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङलाई स्मरण गर्दै श्रद्धाञ्जली दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा दलहरूले नेम्वाङलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् । सुरुमा बोलेका सत्तारूढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेम्वाङलाई सम्झिँदै श्रद्धाञ्जली व्यक्त गरे । उनले नेम्वाङजस्तो नेतृत्व इतिहासले सधैँ सम्झिरहने बताए । […]

Sep 11, 2024 - 09:23
 0
संसद्‌मा सुवासको सम्झना

काठमाडौं । संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङलाई स्मरण गर्दै श्रद्धाञ्जली दिएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा दलहरूले नेम्वाङलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

सुरुमा बोलेका सत्तारूढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेम्वाङलाई सम्झिँदै श्रद्धाञ्जली व्यक्त गरे । उनले नेम्वाङजस्तो नेतृत्व इतिहासले सधैँ सम्झिरहने बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले पनि नेम्वाङलाई सम्झिँदै श्रद्धाञ्जली दिए । पाण्डेले नेम्वाङले संसद्‌मा सन्तुलित भूमिका गर्ने गरेको बताउँदै प्रशंसा गरे ।

विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले पनि नेम्वाङलाई सम्झिए । जारी संसद्‌मा पनि नेम्वाङजस्तै नेता चाहिएको उनले औँल्याए ।

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद शान्ति परियारले नेम्वाङलाई सम्झिँदै श्रद्धाञ्जली दिए । उनले नेम्वाङ देशका लागि महत्त्वपूर्ण व्यक्ति रहेको बताइन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले पनि नेम्वाङलाई सम्झिइन्, श्रद्धाञ्जली व्यक्त गरिन् ।

नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य, २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए ।

नेम्वाङ २०८० भदौ २६ गते हृदयघात कारण बितेका थिए । उनको सम्झनामा उनको पार्टी एमालेले स्मृति सभाको आयोजना गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register