एउटा क्रान्ति योद्धाको मृत्युमा

राजेश ढुंगानाहोएउटा क्रान्ति योद्धाको मृत्यु तयात्राको सुरुवात होजीवनकोउ म¥यो, म¥यो रजसलाई मार्नेतिम्रो जीवन भरिकोअसम्भव भएको सपना थियो तिमीलाईचिच्याई चिच्याईभन्छु दुत्कार्दैकि एउटाक्रान्ति, पुरुषको मृत्यु तयात्राको समाप्ति होइनसुरुवात पो हुन्छअनन्त जीवनको तिमीलेउसलाई मार्न२००७ फागुन ७ लाईपात्रोबाटसधै सधैका निम्तिहटाउन सक्नु पर्छसैनिककासंगीनले सबैलाईमार्न सक्दैनमान्छेका मनमायो श्रृष्टि रहुन्जेलबसिसकेकोउसलाई मार्नआस्था र विश्वासलाईमार्न सक्नु पर्छमान्छेको मन र मुटुमात्यसैलेम निर्धक्क भन्न सक्छुउ बाँच्छयुग [...] The post एउटा क्रान्ति योद्धाको मृत्युमा appeared first on Jhapa Online.

Sep 11, 2024 - 14:44
 0
एउटा क्रान्ति योद्धाको मृत्युमा

राजेश ढुंगाना
हो
एउटा क्रान्ति योद्धाको मृत्यु त
यात्राको सुरुवात हो
जीवनको
उ म¥यो, म¥यो र
जसलाई मार्ने
तिम्रो जीवन भरिको
असम्भव भएको सपना थियो

तिमीलाई
चिच्याई चिच्याई
भन्छु दुत्कार्दै
कि एउटा
क्रान्ति, पुरुषको मृत्यु त
यात्राको समाप्ति होइन
सुरुवात पो हुन्छ
अनन्त जीवनको

तिमीले
उसलाई मार्न
२००७ फागुन ७ लाई
पात्रोबाट
सधै सधैका निम्ति
हटाउन सक्नु पर्छ
सैनिकका
संगीनले सबैलाई
मार्न सक्दैन
मान्छेका मनमा
यो श्रृष्टि रहुन्जेल
बसिसकेको
उसलाई मार्न
आस्था र विश्वासलाई
मार्न सक्नु पर्छ
मान्छेको मन र मुटुमा
त्यसैले
म निर्धक्क भन्न सक्छु
उ बाँच्छ
युग युगसम्म
नेपाली मुटुको धड्कन भएर
तानाशाहहरुको लागि
मृत्युको
निमन्त्रणा भएर
हो,
एउटा क्रान्ति योद्धाको
मृत्यु त
उसले थालेको
यात्राको
समाप्ती होइन
नयाँ यात्राको सुरुवात हो
कहिले नसकिने
नयाँ र थप यात्राको ।
(प्रस्तुत कविता जननायक वी.पी. कोइरालाको निधन २०३९ साउन ६ गते लेखिएको हो । जो प्रकाशित भएको थिएन । राजेश ढुंगाना)

The post एउटा क्रान्ति योद्धाको मृत्युमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register