बिर्तामोडको नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक

बिर्तामोड, २७ भदौ । झापाको बिर्तामोड नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । नगरको सभाहलमा आर्थिक बर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको हो । कार्यक्रममा नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पस्तिका सार्वजनिक गरेका हुन् । नगरले यसअघि [...] The post बिर्तामोडको नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक appeared first on Jhapa Online.

Sep 12, 2024 - 02:52
 0
बिर्तामोडको नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक

बिर्तामोड, २७ भदौ । झापाको बिर्तामोड नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ । नगरको सभाहलमा आर्थिक बर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको हो ।

कार्यक्रममा नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा पस्तिका सार्वजनिक गरेका हुन् । नगरले यसअघि नै आर्थिक बर्ष २०८१/०८२ का लागि नगरका सवै क्षेत्रलाई समेटेर एक अर्व, ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

नगरको शिक्षा, स्वास्थ्य, बाटो, कृषि, भौतिक संरचनालगायतका क्षेत्रलगायतलाई समेटेर उक्त बजेट सार्वजनिक गरेको थियो । नगर उप–प्रमुख संगौलाले अर्जुनधारा नगर, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरलाई समेटेर उपमहानगरपालिका बनाउनु पर्नेमा जोड दिए । उनले तीन वटा पालिकालाई एउटै बिकासको गति दिन पनि उप–महानगरपालिका बनाउन आवश्क रहेको बताएका छन् । कार्यक्रममा बिर्तामोड–१ का वडाध्यक्ष तथा प्रबत्ता अग्निप्रसाद पाण्डेलगायतले बोलेका थिए ।

नगर प्रमुख प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगर उप–प्रमुख संग्रौलाले स्वागत गरेका थिए भने सञ्चालन नगरका शाखा अधिकृत मेघराज बास्तोलाले गरेका थिए । कार्यक्रममा नगरका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

The post बिर्तामोडको नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register