झापामा भाइको हत्या आरोपमा दाजु पक्राउ

झापा, २८ भदौ । झापाको शिवसताक्षीमा भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात् अनुसन्धानका लागि मृतकका दाजु नारायणलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए । गएराति [...] The post झापामा भाइको हत्या आरोपमा दाजु पक्राउ appeared first on Jhapa Online.

Sep 13, 2024 - 04:25
 0
झापामा भाइको हत्या आरोपमा दाजु पक्राउ

झापा, २८ भदौ । झापाको शिवसताक्षीमा भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् ।

शिवसताक्षी नगरपालिका–८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई प्रहरीले पक्राउ गरेको हो । घटना पश्चात् अनुसन्धानका लागि मृतकका दाजु नारायणलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए ।

गएराति करिब ९ बजे आफ्नै घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो । टाउकोमा गम्भीर चोट देखिएकोले उनीमाथि दाउरा प्रहार भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो । दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र त्यसपछि नारायणले भाइलाई दाउराको चिर्पटले हानेको आशंका गरिएको छ । प्रहरीले राति नै मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ ।

The post झापामा भाइको हत्या आरोपमा दाजु पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register