पशुपति कोटिहोमको असर: अन्य महायज्ञ सुनसान, भक्तजनले चढाएनन् पर्याप्त दान (भिडिओ)

धार्मिक अनुष्ठानलाई बदनाम बनाउने उक्त समूहको क्रियाकलापले हिन्दू धर्मप्रति नै नकारात्मक छाप पर्ने खतरा देखिएको छ। महायज्ञको नाममा भइरहेको यस्ता आर्थिक अनियमितता हिन्दू धर्मकै लागि दुखदायी रहेको धार्मिक अगुवाहरूको चिन्ता छ ।

Sep 13, 2024 - 14:48
 0
पशुपति कोटिहोमको असर: अन्य महायज्ञ सुनसान, भक्तजनले चढाएनन् पर्याप्त दान (भिडिओ)

काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा धार्मिक आवरणमा लुट मच्चाएको तथ्य बाहिरिएसँगै अन्य स्थानमा भइरहेका धार्मिक अनुष्ठानमा समेत असर परेको छ ।

कोटीहोम लगाएर पैसा  एक्लै कुम्ल्याउँदै आएका महायज्ञ सङ्कल्पकर्ता कृष्णमूर्ती महाराज उर्फ विजय भण्डारीले पछिल्लो पटक पशुपतिमा लगाएको महायज्ञको कारण हिन्दू भक्तजनमा महायज्ञप्रति नै नकारात्मक छाप बसेको देखिएको हो ।

उनको समूहकोलागि यो धन्दा नयाँ होइन तर, पशुपति कोटीहोम विशेष चर्चामा आएको थियो । उनको विषयमा थाहा नभएका धेरै भक्तजनलाई पशुपति कोटिहोमबाट नजिकबाट चिनाइदियो ।

जसकारण इमानदार धार्मिक समूह वा सच्चा रुपमा मानवसेवामा समर्पित व्यक्तिहरूले लगाएको महायज्ञलाई समेत भक्तजनको हेर्ने नजर उस्तै भएको देखिएको छ ।

‘धार्मिक कार्यक्रमहरू ठगी प्रयोजनकै लागि त रहेछन्’ भन्ने आमधारणा बनेकाले अहिले कतिपय ठाउँमा जारी महायज्ञ सुनसान बनेका छन् ।

पशुपति कोटिहोमको अपत्यारिलो हिसाब सार्वजनिक, हुँदै नभएको खर्च देखाउँदै ७२ लाख घाटा भएको जिकिर

धार्मिक अनुष्ठानलाई बदनाम बनाउने उक्त समूहको क्रियाकलापले हिन्दू धर्मप्रति नै नकारात्मक छाप पर्ने खतरा देखिएको हो । महायज्ञको नाममा भइरहेको आर्थिक अनियमितता हिन्दू धर्मकै लागि दुखदायी रहेको धार्मिक अगुवाहरूको तर्क छ ।

अहिले काठमाडौं उपत्यकामै केही ठाउँमा महायज्ञ जारी छ । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित शिव बस्ती (ढाँड)मा भदौ २५ गतेबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ भइरहेको छ ।

काठमाडौंको कलंकीमा भदौ २४ बाट विश्व विराट ज्ञान आश्रमले श्रीमद्भागवत महापुराण महायज्ञ सञ्चालन गरिरहेको छ ।

दुवै आयोजकहरूको सामाजिक छवि स्वच्छ छ । महायज्ञको उद्देश्य पनि पवित्र छ । तर, ती महायज्ञमा भक्तजनको आकर्षण ज्यादै कम छ । दान दिने दानवीरहरू पशुपति कोटीहोममा झैँ तँछाडमछाड छैनन् । ज्यादै न्यून छन् ।

पशुपतिमा मानव सेवा फाउन्डेसनको आयोजना र भण्डारीको सङ्कल्पकमा ३२ दिनसम्म महायज्ञ भव्य रुपमा सम्पन्न भएको थियो । लाखौँ भक्तजनले दर्शन गरेको र हजारौँले दान दिएको सो महायज्ञको घाटा लागेको अपत्यारिलो हिसाब सार्वजनिक भएपछि भक्तजनहरू झनै निराश भएका हुन् ।

कोटिहोम सकिएको झन्डै एक महिनापछि आयव्यय विवरण सार्वजनिक गर्दै अपत्यारिलो खर्च विवरण सार्वजनिक गरेपछि अरू ठाउँमा समेत घटेको सरोकारवालाहरू बताउँछन् ।

धर्म हुने विश्वासको साथ सामाजिक कामको लागि भन्दै खाइनखाई जम्मा गरेर दिएको दानको दुरुपयोग भएपछि दानवीर भक्तजनले प्रश्न गरेका छन् – ‘सीमित व्यक्तिलाई लुटाउन दान किन दिनु ?’
पशुपतिपछि विजय भण्डारीको अर्को धन्दा पोखरामा, ४५ दिन महायज्ञ लगाउने भन्दै चन्दा सङ्कलन (भिडिओ)

उनीहरू भन्छन्, “पशुपति कोटीहोमको आयोजकको पृष्ठभूमि ठगी र अपारदर्शीतासँग जोडिएको थियो । यसैले अहिले राम्रो कामको लागि इमानदार संघ संस्थाले लगाएको अनुष्ठानलाई हेर्ने नजर समेत उस्तै भएको छ । धार्मिक अनुष्ठानलाई बदनाम बनाउने काम विजय भण्डारीको समूहबाट भयो । यो हिन्दू धर्मकै लागि दुखको कुरा हो ।’’

कलंकीको महायज्ञ पनि सुनसान

विश्व विराट ज्ञान आश्रमले कलंकीमा लगाएको श्रीमद्भागवत महापुराण महायज्ञमा पनि सोचे जति भक्तजन छैनन् । दान तथा चन्दादाताको समेत आकर्षण कम छ ।

बासुकीचौर गोरक्षपीठ भुवनेश्वरी मन्दिरको प्राङ्गणमा राष्ट्र राष्ट्रियता तथा वैदिक सनातन धर्मका निमित्त योगदानको अपेक्षासहित सञ्चालित महायज्ञमा प्रमुख वाचक रूपमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल छन् ।

पक्राउ पर्ने डरले भागे विजय भण्डारी, छानबिन समितिमा दिएनन् बयान

पण्डित विपिनकृष्ण भट्टराई उपवाचक छन्। वाचन प्रवीण पण्डित पोखरेल र उपवाचक पण्डित भट्टराई असल छविका धार्मिक गुरुहरू हुन् । आयोजकले सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदान पनि प्रशंसायोग्य छ । तर, सोही महायज्ञमा दान गर्न भने भक्तजनहरू उदासीन देखिन्छन् ।

विश्व विराट ज्ञान आश्रमले कलंकीमा लगाएको श्रीमद्भागवत महापुराण महायज्ञमा सहभागीहरू

विश्व विराट ज्ञान आश्रमका सङ्गठन प्रमुख उद्धवकुमार घिमिरे भन्छन्, “हाम्रो लक्ष्य सडकमा अलपत्र परेका एवं भोको पेट र उपचार बिना तड्पिरहेका वृद्ध आमाबुवा र अशक्तहरूलाई सहयोग गर्ने हो । तर, महायज्ञको अन्तिम समयसम्म आइपुग्दा लक्ष्य अनुसार दान संकलन भएको छैन । सन्तोषजनक मात्र छ । ’’

गोदावरीको महायज्ञ पनि प्रभावित

ललितपुरको गोदावरीमा पाथीभरा महिला समूहको आयोजनामा भइरहेको महायज्ञमा चर्चित कथावाचिका राधिका दासीले प्रवचन दिइरहेकी छिन् ।

अनुष्ठान लगाइनुको कारण बस्तीमा २० फिट अग्लो महादेवको मूर्ति बनाउने लक्ष्य हो । महायज्ञको प्रसिद्ध शिवजी धाम निर्माणको पवित्र उद्देश्यका साथ आयोजित महायज्ञमा  भक्तजनको संख्या राम्रै भएपनि दान सोचे जति नउठिरहेको मूल समारोह समितिका सदस्य रामभक्त बुढाथोकी बताउँछन् ।

ललितपुरको गोदावरीमा पाथीभरा महिला समूहको आयोजनामा भइरहेको महायज्ञमा सहभागीहरू

उनी भन्छन्, “भीड त लागेको छ । तर, सोचेजस्तो माहौल सिर्जना भएन । अन्तको असर यता देखियो । तर आम भक्तजनलाई भन्न चाहन्छौँ, हाम्रो पृष्ठभूमि हेर्नुहोस् । यहाँको महिला समूहहरूले खाइ नखाई बचत गरेको पैसा खर्च गरेर यज्ञ लगाइएको हो । आम भक्तजनमा यो निवेदन छ कि एकपटक यहाँ आएर हेर्नुहोस् । र ठीक लागेमा दान गर्नुहोस् ।’’ महायज्ञमा बिहान ११ बजेदेखि ३ बजेसम्म कथा वाचन भइरहेको छ ।

महायज्ञप्रति नकारात्मक छाप बनाउने धन्दा

पशुपति कोटिहोमका संकल्पकर्ता भण्डारीले गेरुवस्त्र धारण गरेर गर्दैआएको केही अपराधविरुद्ध प्रहरीमा जाहेरी छ । उनी ठगी मुद्दामा जेल सजाय काटेर आएका व्यक्ति हुन् । उनले २०६८ वैशाखमा आफैँले पाँच लाख खर्चेर कलंकीमा भागवत पुराण लगाएका थिए ।

त्यसपछिका वर्षमा उनले विभिन्न स्थानमा प्रतिशत नै तोकेर महायज्ञ र धान्यान्चल गर्दै आएका छन् । यसबीचमा उनले केही कोटीहोममा उठेको दान लिएर ‘टाप कसेको’ समाचार धेरै पटक मिडियामा आइसकेका छन् ।

उनले अहिले पशुपतिमा लगाइएको मात्र होइन अघिल्लो साल असोजमा भक्तपुरमा उनले लगाएको महायज्ञको हिसाब पनि शंकास्पद छ ।

‘महाराज’को आवरणमा गुन्डाराज: भक्तजनको चन्दाबाट गुन्डालाई करोडौं, मजदुरलाई ज्याला पनि छैन (भिडिओ)

ताथलीमा भएको १७ दिन लामो महायज्ञमा भक्तजनको ओइरो थियो । उठेको चन्दा हिनामिना भरिरहेको आरोप थियो । अन्तमा पाँच महिनापछि फागुनमा मात्रै उनले थोरै नाफा भएको हिसाबसहित आयव्यय सार्वजनिक गरेका थिए ।

महायज्ञमा भक्तजन तथा दाताहरूबाट प्राप्त सहयोग रकम आश्रम निर्माण गर्न मात्र खर्च गर्ने भनिएको थियो । तर, आश्रमको जग खनिए पनि काम भने अलपत्र छ ।

अहिले फेरि तीनै संरचना बनाउने भन्दै भण्डारीको समूह ठाउँठाउँमा महायज्ञ लगाउँदै हिँडिरहेको छ । उनीहरूको समूहले एक ठाउँको भवन बनाउन दर्जनौँ ठाउँमा महायज्ञ लगाउने नीति लिएको देखिन्छ ।

सम्बन्धित समाचार

रिपोटर्स डायरी: महायज्ञमा ‘महाराज’को निशानामा परेर पनि उम्किएको त्यो रात !

पोखरामा गर्ने भनेको महायज्ञ भाँड्न खोजेको भन्दै विजय भण्डारीले दिए पत्रकार ढुङ्गानालाई धम्की

आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

धर्मको आवरणमा ठगी : विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्‍याएको अर्को मुद्दा आकर्षित

विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँ, भक्तजनले भने- व्यक्तिको मूल्याङ्कन कर्मले हुन्छ

पशुपति कोटिहोम: लण्डनबाट आइन् अर्की सुन्दरी कथावाचिका चन्द्रकला सखी, भक्तजनको थप आकर्षण

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register