अध्यक्ष प्रचण्ड आज र भोलि झापा, मोरङ र सुनसरीमा

झापा, २९ भदौ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज र भोली झापा, मोरङ र सुनसरीमा व्यस्त हुने भएका छन् । प्रचण्ड आज विराटनगरको सिमानामा पर्ने कटहरीमा जारी कृषि एक्स्पोको अवलोकनमा जानेछन् । मेलाको अनुगमन पछि उनी बुढीगंगास्थित पूर्व मन्त्री तथा माओवादीका सांसद अमनलाल मोदीको घरमा खाना खाने कार्यक्रम छ । त्यसपछि उनले [...] The post अध्यक्ष प्रचण्ड आज र भोलि झापा, मोरङ र सुनसरीमा appeared first on Jhapa Online.

Sep 14, 2024 - 09:05
 0
अध्यक्ष प्रचण्ड आज र भोलि झापा, मोरङ र सुनसरीमा

झापा, २९ भदौ । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज र भोली झापा, मोरङ र सुनसरीमा व्यस्त हुने भएका छन् ।

प्रचण्ड आज विराटनगरको सिमानामा पर्ने कटहरीमा जारी कृषि एक्स्पोको अवलोकनमा जानेछन् । मेलाको अनुगमन पछि उनी बुढीगंगास्थित पूर्व मन्त्री तथा माओवादीका सांसद अमनलाल मोदीको घरमा खाना खाने कार्यक्रम छ । त्यसपछि उनले ग्रामथानको नेताचोकमा आयोजित पार्टी प्रवेश तथा जनसभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसपछि अध्यक्ष प्रचण्ड सुनसरीको इटहरीमा आजै हुने युवाहरूको जिल्ला प्रशिक्षणका लागि जानेछन् । त्यहाँको सम्बोधन पछि उनी बेलुका झापा पुग्ने माओवादी स्रोतले जनाएको छ । त्यस क्रममा कतिपय स्थानमा प्रचण्ड प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्धको अभियान चलाएको भन्दै त्यसको ऐक्यबद्धताका लागि युवाहरूले पुष्पगुच्छा दिने कार्यक्रम पनि रहेको माओवादी कोशी प्रदेशले जनाएको छ । प्रचण्ड आज झापामै बस्ने र भोलि झापाको बिर्तामोडमा आयोजित पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्ने बताइएको छ ।

The post अध्यक्ष प्रचण्ड आज र भोलि झापा, मोरङ र सुनसरीमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register