युवा संघ कचनकवलले बनाइदियो बृद्धालाई घर

बनियानी, १० भदौ । झापाको कचनवल गाउँपालिका–६ डम्बरगाछकी एक बृद्धाका लागि यहाँका युवाले घर बनाइदिएका छन् । राष्ट्रिय युवा संघ नेपाल कचनकवलले कचनकवल–६ डम्बरगाछकी ७० वर्षीया भोटेशरी राजवंशीका लागि घर निर्माण गरिदिएको हो । आज एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले रिबन काटेर घरको [...] The post युवा संघ कचनकवलले बनाइदियो बृद्धालाई घर appeared first on Jhapa Online.

Aug 26, 2024 - 12:44
 0
युवा संघ कचनकवलले बनाइदियो बृद्धालाई घर

बनियानी, १० भदौ । झापाको कचनवल गाउँपालिका–६ डम्बरगाछकी एक बृद्धाका लागि यहाँका युवाले घर बनाइदिएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल कचनकवलले कचनकवल–६ डम्बरगाछकी ७० वर्षीया भोटेशरी राजवंशीका लागि घर निर्माण गरिदिएको हो । आज एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि युवा संघका केन्द्रीय सचिव पर्वतराज भण्डारीले रिबन काटेर घरको साँचो भोटेशरी राजवंशीलाई हस्तान्तरण गर्नुभयो ।

‘दुःखीको घर, युवाको भर’ भन्ने नाराका ज्येष्ठ माता भोटेश्वरीको घर निर्माण गरिएको युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाले बताउनुभयो । घर निर्माणमा विभिन्न दाताहरूको नगद र जिन्सी सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।

“सबैको साथ र सहयोगबाट घर बनाएर हस्तान्तरण गर्न सफल भएका छौं”, उहाँले भन्नुभयो, “संघले गरीब, असहाय र विपन्न परिवारका लागि यस्ता सहयोग गर्दैछ, आगामी दिनमा गर्दै जाने छौं ।” करिब रू छ लाख मा निर्माण गरिएको घरमा दुई वटा कोठा, खानेपानी र विद्युत्को व्यवस्थापन गरिएको छ ।

घर हस्तान्तरण कार्यक्रममा युवा संघका केन्द्रीय सचिव भण्डारी, एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य बसन्त बानियाँ, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, एमाले जिल्लाका उपसचिव असारु राजवंशी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य खगेन्द्रराज आङ्दम्बे, युवा संघ नेपाल झापा जिल्ला सचिवालय सदस्य उमेश मिश्र, कचनकवल–६ नम्बर वडा कमिटी अध्यक्ष श्याम घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

The post युवा संघ कचनकवलले बनाइदियो बृद्धालाई घर appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register