चार दिनदेखि बेपत्ता युवक जंगलमा मृत फेला

गाईघाट । उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जंगलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए । राईलाई […]

Sep 15, 2024 - 15:36
 0
चार दिनदेखि बेपत्ता युवक जंगलमा मृत फेला

गाईघाट । उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जंगलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका–४ बगाहाका ३४ वर्षीय बालकृष्ण राई त्रियुगा–११ स्थित नवउदय सामुदायिक वनमा शनिबार मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार चार दिनअघि सामान्य विवाद भएपछि उनी घरबाट निस्केका थिए । राईलाई गोठालाले वनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register