ब्याडमिन्टनको उपाधि बोगटी–चौधरी र गुरुङ–ठकुरी जोडीलाई

भद्रपुर, ३० भदौ । झापाको भद्रपुरमा आयोजित कोशी प्रदेशस्तरीय पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले हात पारेको छ । आज भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् । उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र [...] The post ब्याडमिन्टनको उपाधि बोगटी–चौधरी र गुरुङ–ठकुरी जोडीलाई appeared first on Jhapa Online.

Sep 15, 2024 - 15:49
 0
ब्याडमिन्टनको उपाधि बोगटी–चौधरी र गुरुङ–ठकुरी जोडीलाई

भद्रपुर, ३० भदौ । झापाको भद्रपुरमा आयोजित कोशी प्रदेशस्तरीय पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले हात पारेको छ ।

आज भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् । उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद रु ४० हजार, ट्रफी र मेडल पाएका छन् भने उपविजेता खापुङ र सिंखडाले नगद रु ३० हजार, ट्रफी र मेडल पाएका छन् ।

त्यस्तै, तेस्रो भएका धनकुटाका किरण प्रधान र शिखर श्रेष्ठको जोडी तथा बिर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र विष्णु तामाङले नगद रु १०–१० हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

यता, पुरुष खुला डबल्सतर्फ पूर्वाञ्चल एपिएफका भोजबहादुर गुरुङ र प्रनिससिंह ठकुरीको जोडी उपाधि जितेको छ । फाइनलमा उनीहरुले संखुवासभाका सुनिल कार्की र मोरङका महेश खड्काको जोडीलाई सोझो सेटमा हराएका थिए ।

उपाधिसँगै उनीहरुले नगद रु ५० हजार, ट्रफी र मेडल पाए भने उपविजेता भएका कार्की र खड्काको जोडीले नगद रु ३० हजार ट्रफी र मेडलमा चित्त बुझाएको छ ।
तेस्रो स्थानमा हासिल गरेका मोरङका सुप्रिम पन्त र लाक्पा शेर्पाको जोडी तथा तेह्रथुमका विवेक कन्दङ्वा र पाँचथरका नेल्सन राईको जोडीले नगद रु १०–१० हजार, ट्रफी र मेडल पाएका छन् ।

विजेतालाई प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक राजेश उप्रेती, नेपाल उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, संघका अध्यक्ष दिपेश ढकाल लगायतले नगद, ट्रफी तथा मेडल प्रदान गर्नुभएको थियो ।

The post ब्याडमिन्टनको उपाधि बोगटी–चौधरी र गुरुङ–ठकुरी जोडीलाई appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register