खेलाडीलाई ५० हजार पुरस्कार दिने एन्फाको घोषणा

झापा, १८ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । अगस्ट १८ देखि २८ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बङ्गलादेशसँग ४–१ ले पराजित भएको थियो । एन्फाले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार प्रदान [...] The post खेलाडीलाई ५० हजार पुरस्कार दिने एन्फाको घोषणा appeared first on Jhapa Online.

Sep 3, 2024 - 16:10
 0
खेलाडीलाई ५० हजार पुरस्कार दिने एन्फाको घोषणा

झापा, १८ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–२० च्याम्पियनसिपमा उपविजेता भएको राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

अगस्ट १८ देखि २८ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतियोगिताको फाइनलमा नेपाल बङ्गलादेशसँग ४–१ ले पराजित भएको थियो । एन्फाले खेलाडी र म्याच अफिसियल दुवैलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । यस्तै, कुल टिकट बिक्रीको २० प्रतिशत खेलाडीलाई दिने निर्णय गरेको एन्फाले जनाएको छ । जसले कुल आम्दानीको २० प्रतिशत अर्थात् १५ हजार ४० रुपैयाँ थप खेलाडीले प्राप्त गर्नेछन् ।

प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार, सहायक प्रशिक्षक ससेन्द्र धिमाल र राजु सिंह महर्जनले जनही २५ रुपैयाँ हजार प्राप्त गरेका छन् । टिम म्यानेजर रविन खड्का र टिम फिजियोथेरापिस्ट अनिश बुढाथोकीले पनि २५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

The post खेलाडीलाई ५० हजार पुरस्कार दिने एन्फाको घोषणा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register