बिर्तामोडको शनिश्चरे रोड–अतिथि सदन सडकको स्तरोन्नति शुरु

बिर्तामोड, १७ भदौ । बिर्तामोडको शनिश्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरीएको हो । अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटरसंगै वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १ [...] The post बिर्तामोडको शनिश्चरे रोड–अतिथि सदन सडकको स्तरोन्नति शुरु appeared first on Jhapa Online.

Sep 2, 2024 - 14:42
 0
बिर्तामोडको शनिश्चरे रोड–अतिथि सदन सडकको स्तरोन्नति शुरु

बिर्तामोड, १७ भदौ । बिर्तामोडको शनिश्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरीएको हो ।

अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटरसंगै वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १ सय ३९ मिटर सडकपनि संगसंगै स्तरोन्नति (कालोपत्रे) गरीने बिर्तामोड नगरपालिकाले जनाएको छ ।

६ सय ७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ । सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१ गते ९१ लाख ६ हजार ७२३ रुपैयाँमा ९भ्याट र पिएस० सहित सम्झौता भएको हो । ठेक्का सम्झौता अवधि आगामी असोज ३० गतेसम्म छ ।

सडक बोर्डको ७० प्रतिशत र बिर्तामोड नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यो बजेटमा अन्य वडाभित्रका सडकहरुसमेत स्तरोन्नति हुनेछन् । आगामी सोमबार सम्ममा ३ वटै सडकको कालोपत्रे गर्ने काम सम्पन्न हुने बिर्तामोड नगरपालिकाका सव( ईन्जिनियर डिल्लीराम ओलीले जानकारी दिनुभयो ।

The post बिर्तामोडको शनिश्चरे रोड–अतिथि सदन सडकको स्तरोन्नति शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register