आजको मौसम : कोशीको तल्लो भाग र तराईका जिल्लामा हावाहुरी

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ […]

Sep 16, 2024 - 01:28
 0
आजको मौसम : कोशीको तल्लो भाग र तराईका जिल्लामा हावाहुरी

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू-भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register