रवि लामिछानेलाई कारबाही गर्न समितिको सिफारिस

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको छ । सोमबार प्रतिनिधि सभामा पेस भएको समितिको प्रतिवदेनको १८ नं. बुँदामा रवि लामिछानेसहितलाई कारबाही गर्न सिफारिस गरिएको छ । प्रतिवदेनको बुँदा नं. १८.१.४ मा भनिएको छ, “…अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) […]

Sep 16, 2024 - 12:20
 0
रवि लामिछानेलाई कारबाही गर्न समितिको सिफारिस

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको छ ।

सोमबार प्रतिनिधि सभामा पेस भएको समितिको प्रतिवदेनको १८ नं. बुँदामा रवि लामिछानेसहितलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

प्रतिवदेनको बुँदा नं. १८.१.४ मा भनिएको छ, “…अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने ।”

रवि लामिछानेलाई कारबाही गर्न संसदीय समितिले गरेको सिफारिस ।

त्यसअघि भूमिकामा भनिएको छ, “कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा शेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । शेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन । खातावाल हस्ताक्षरकर्ताहरू, जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत् दायित्व ग्रहण ग्रहण गर्नुपर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू… ।”

५ सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष (पूर्णपाठसहित)

रविले भने प्रतिवदेनले आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि गरेको दाबी गरेका छन् । समिति सभापति सूर्य थापाले प्रतिवदेनको सार सुनाउँदै प्रतिनिधि सभामा पेस गरेपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गरेका रविले भनेका थिए, “मैले प्रतिवदेन त पढेको छैन तर, सार सुन्दा के पुष्टि भयो भने सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन भन्ने पुष्टि भयो ।”

  • सम्बन्धित समाचार

रविको दाबी- सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भयो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register