अब मधेसमा पनि सरकारी तहबाट एमबीबीएस पढाइ हुने

जनकपुरधाम । मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) का लागि ५० सिट निर्धारण गरेको छ । योसँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबीबीएसको अध्य्यन अध्यापन शीघ्रातिशिघ्र आरम्भ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए […]

Sep 7, 2024 - 04:55
 0
अब मधेसमा पनि सरकारी तहबाट एमबीबीएस पढाइ हुने

जनकपुरधाम । मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) का लागि ५० सिट निर्धारण गरेको छ । योसँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्चशिक्षाको आरम्भ हुने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री एवम् प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबीबीएसको अध्य्यन अध्यापन शीघ्रातिशिघ्र आरम्भ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्याक्रममा समेत प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुने कार्यक्रम समाविष्ट गरेका थिए।

मुख्यमन्त्री सिंहले यस कार्यलाई उच्च प्राथमिकतामा राखेर स्रोत सुनिश्चितता, थप पूर्वाधारसम्बन्धी निर्णय र निरन्तर चासोका साथ कामहरू अगाडि बढाउँदै उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीहरूलाई भेटेर आवश्यक पूर्वाधार लगायतका अन्य मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबीबीएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरे ।

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउनेछन् । जसमा मधेश प्रदेशका बहुसङ्ख्यक विद्यार्थीले अवसर पाउने विश्वास गरिएको छ । प्रतिष्ठानमा एमबीबीएसको अध्य्यन अध्यापन सुरु भएपछि प्रादेशिक राजधानी जनकपुरधाम लगायत मधेश प्रदेशको स्वास्थ्यसेवामा समेत गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ ।

चिकित्साशास्त्रमा एमबीबीएस तहको जनशक्ति उत्पादन हुने थलोको रूपमा विकसित हुँदा जनकपुरधामलगायत वरपरका क्षेत्रमा आर्थिक गतिविधिमा समेत तीव्रता आउने निश्चितप्रायः छ ।

मुख्यमन्त्री सिंहले एमबीबीएस पठनपाठन सुरु गराउन आवश्यक तयारी तीव्रताका साथ गरी सफलता प्राप्त गरेकामा प्रतिष्ठानका उपकुलपति डा.अंकुर साह, रजिस्ट्रार डा. विनोद यादव लगायतका पदाधिकारी तथा कर्मचारीलाई बधाई दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register