झलनाथको माग-मेटमणि चौधरीलाई अविलम्ब कडा कारबाही गरियोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई अविलम्ब कडा कारबाही गर्न माग गरेका छन् । नेता खनालले  सोमबार एक विज्ञप्ति जारी गर्दै ‘कालापानी, लिम्पियाधुरा र लिपुलेख जस्ता भूभागहरु भारतकै हुन्’ भनेर टेलिभिजन अन्तरवार्ता दिने चौधरीलाई कारबाही गर्न माग गरेका हुन् । खनालले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो मातृभूमिप्रति अलिकति पनि […]

Sep 16, 2024 - 17:28
 0
झलनाथको माग-मेटमणि चौधरीलाई अविलम्ब कडा कारबाही गरियोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका उपमहासचिव मेटमणि चौधरीलाई अविलम्ब कडा कारबाही गर्न माग गरेका छन् । नेता खनालले  सोमबार एक विज्ञप्ति जारी गर्दै ‘कालापानी, लिम्पियाधुरा र लिपुलेख जस्ता भूभागहरु भारतकै हुन्’ भनेर टेलिभिजन अन्तरवार्ता दिने चौधरीलाई कारबाही गर्न माग गरेका हुन् ।

खनालले विज्ञप्तिमा भनेका छन्, ‘आफ्नो मातृभूमिप्रति अलिकति पनि माया र सहानुभूति भएको कुनै सामान्य नागरिकबाट पनि यति तल्लो स्तरको राष्ट्रघाती र देशद्रोही अभिव्यक्तिको कल्पना पनि गर्न सकिन्न । अझ हामै पार्टीको “उपमहासचिव” र वहालवाला “सांसद” बाट यस्ता अभिव्यक्ति आउनु गम्भीर भन्दा गम्भीर अक्षम्य आपत्तिको विषय बनेको छ ।’

‘अविलम्ब यस्ता व्यक्तिहरूलाई कडा कारबाही गर्न, यस्ता दूषित तत्वहरूबाट हाम्रो जस्तो क्रान्तिकारी र देशभक्त पार्टीलाई मुक्त बनाउन र पार्टीलाई एउटा स्वच्छ, दृढ, देशभक्त र समाजवादी पार्टीका रुपमा स्थापित गर्न म पार्टी नेतृत्व पंक्ति समक्ष जोडदार माग गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register