बसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा घाइते

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बालक श्रेष्ठको बसको ठक्करबाट […]

Sep 6, 2024 - 17:59
 0
बसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा घाइते

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसको ठक्करबाट गैँडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बालक श्रेष्ठको बसको ठक्करबाट घट्नास्थलमै मृत्यु भएको हो ।

उक्त घटनामा एक जना घाइते भएका छन् । घाइते हुनेमा बालक श्रेष्ठकी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीया श्रीमाया मानन्धर रहेकी छिन् । उनलाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register