विश्वको सबैभन्दा पुरानो ‘समाचार पत्र’ द अब्जर्भर बिक्रीमा

लण्डन । विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार ‘द अब्जर्भर’ एक अनलाइन स्टार्टअप मिडिया समूहलाई बिक्री गर्न सकिने यसको ३० वर्षभन्दा बढीको मालिकले मङ्गलबार घोषणा गरेको छ । द गार्जियन मिडिया ग्रुप (जिएमजी) ले सन् २०१९ मा लन्च गरिएको टोर्टोइज मिडियालाई अज्ञात राशिमा साप्ताहिक प्रकाशन द अब्जर्भर बिक्री गर्न कुरकानी गरिरहेको विज्ञप्तिमा बताएको छ । मङ्गलबार विज्ञप्तिमा […]

Sep 18, 2024 - 01:00
 0
विश्वको सबैभन्दा पुरानो ‘समाचार पत्र’ द अब्जर्भर बिक्रीमा

लण्डन । विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार ‘द अब्जर्भर’ एक अनलाइन स्टार्टअप मिडिया समूहलाई बिक्री गर्न सकिने यसको ३० वर्षभन्दा बढीको मालिकले मङ्गलबार घोषणा गरेको छ ।

द गार्जियन मिडिया ग्रुप (जिएमजी) ले सन् २०१९ मा लन्च गरिएको टोर्टोइज मिडियालाई अज्ञात राशिमा साप्ताहिक प्रकाशन द अब्जर्भर बिक्री गर्न कुरकानी गरिरहेको विज्ञप्तिमा बताएको छ ।

मङ्गलबार विज्ञप्तिमा भनिएको छ –द गार्जियनको मूल कम्पनीले विश्वको सबैभन्दा पुरानो रविवारीय अखबार द अब्जर्भरको सम्भावित बिक्रीबारे टोर्टोइज मिडियासँग औपचारिक वार्तामा रहेको घोषणा गरेको छ ।

जिएमजीले उक्त प्रस्ताव ‘थप विवरणमा हेर्नका लागि अत्यन्त महत्त्वपूर्ण थियो’ भनेको छ ।

जिएमजीका प्रमुख कार्यकारी अन्ना बेटसनले भनेका छन् – बिक्रीले महत्त्वपूर्ण लगानीका साथ द अब्जर्भरको भविष्यको स्थिति निर्माण गर्न अवसर दिनेछ र द गार्जियनलाई थप विश्वव्यापी, अधिक डिजिटल र थप पाठक–अनुदान प्राप्त गर्न आफ्नो विकास रणनीतिमा ध्यान केन्द्रित गर्न अनुमति दिनेछ ।

सन् १७९१ मा स्थापना भएको द अब्जर्भरलाई सन् १९९३ मा जिएमजीले खरिद गरेको थियो ।

मूल समूहले मङ्गलबार भनेको छ –त्यसबेलादेखि यो गार्जियनको सहअस्तित्वमा छ, जुन वार्ताको नतिजा पर्वाह नगरी हप्ताको सात दिन डिजिटल अपरेसन रहनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register