नेपालको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब नाघ्यो, प्रत्येक नेपालीको टाउकोमा ८५ हजार ७ सय रुपैयाँ ऋण !

काठमाडौँ । नेपालको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड पुगेको छ । देशको आम्दानीको तुलनामा खर्च धेरै भएपछि नेपालको सार्वजनिक ऋण बढ्दै गएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा मात्र १ खर्ब ४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । साउन र भदौमा गरेर ९० अर्ब आन्तरिक […]

Sep 20, 2024 - 06:52
 0
नेपालको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब नाघ्यो, प्रत्येक नेपालीको टाउकोमा ८५ हजार ७ सय रुपैयाँ ऋण !

काठमाडौँ । नेपालको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड पुगेको छ । देशको आम्दानीको तुलनामा खर्च धेरै भएपछि नेपालको सार्वजनिक ऋण बढ्दै गएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा मात्र १ खर्ब ४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । साउन र भदौमा गरेर ९० अर्ब आन्तरिक ऋण र १४ अर्ब ५ करोड बाह्य ऋण थपिएको हो ।

दुई महिनामा नेपालले तिर्नुपर्ने ऋणको दायित्व ९४ अर्ब ५२ करोड थप भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले जनाएको छ । अब सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ छ भने बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ । असार मसान्तसम्म तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र वाह्य ऋण १२ खर्ब ५० अर्ब ४३ करोड थियो ।

नेपालको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड पुगेसँगै प्रत्येक नेपालीको भागमा ८५ हजार ७ सय रुपैयाँ पुगेको छ । यस्तो प्रतिव्यक्ति ऋण नेपालको कुल सार्वजनिक ऋणलाई २०७८ सालको कुल जनसंख्याले भाग गरेर निकालिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register