दशैंको किनमेल सुरु, सुपथ मूल्य पसलमा ग्राहकको लाम (तस्वीरहरू)

काठमाडौं । आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले असोज ३ गतेदेखि सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्नेछ। दशैं, तिहार, छठ लगायतका चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र […]

Sep 20, 2024 - 08:53
 0
दशैंको किनमेल सुरु, सुपथ मूल्य पसलमा ग्राहकको लाम (तस्वीरहरू)

काठमाडौं । आमउपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले असोज ३ गतेदेखि सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी माघ २ गतेसम्म ४२ जिल्लाका ६३ स्थानमा पर्वोत्सव सुपथ मूल्य पसल सञ्चालन गर्नेछ।

दशैं, तिहार, छठ लगायतका चाडपर्वमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सहुलियत दरमा उपलब्ध गराउन सहुलियत पसल सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीले थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायकमा बिक्री कक्ष सञ्चालित गरेको छ। अनलाइनमार्फत् समेत अर्डर लिएर उपभोक्ताको भान्छासम्म उपभोग्य सामग्री पुर्‍याइने कम्पनीले बताएको छ।

तस्वीरहरु-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register