अमेरिका लागे प्रधानमन्त्री ओली (तस्वीरहरू)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
उनले असोज १० गते महासभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।
What's Your Reaction?