‘चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले चाँडै नै औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने बताएका छन् । टोकियोस्थित नेपाली दूतावास र त्यहाँको विदेशी श्रमिकको रोजगारीसम्बन्धी निकायले बिहीबार जापानमा आयोजना गरेको ‘नेपाल–जापान रोजगार सम्मेलन’मा उनले दुई देशबीचको निश्चित सीपयुक्त श्रमिक जापान पठाउनेसम्बन्धी श्रम समझदारीपत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका […]

Sep 20, 2024 - 15:33
 0
‘चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छ’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले चाँडै नै औपचारिक तवरले जापानको रोजगारीमा नेपाली श्रमिक पठाउन कार्य अघि बढ्ने बताएका छन् ।

टोकियोस्थित नेपाली दूतावास र त्यहाँको विदेशी श्रमिकको रोजगारीसम्बन्धी निकायले बिहीबार जापानमा आयोजना गरेको ‘नेपाल–जापान रोजगार सम्मेलन’मा उनले दुई देशबीचको निश्चित सीपयुक्त श्रमिक जापान पठाउनेसम्बन्धी श्रम समझदारीपत्रलाई व्यवस्थापन गर्न मन्त्रालयले निर्देशिका जारी गरिसकेको बताए ।

उनले नेपाल र जापानबीच सन् १९५६ देखिको मैत्रिपूर्ण सम्बन्ध रहिआएको स्मरण गर्दै जापान नेपालीको रोजगारीका लागि सुरक्षित र आकर्षक गन्तव्य भएको बताउनुभएको श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए ।

टोकियोमा रहँदा श्रममन्त्री भण्डारीसमक्ष जापानका विभिन्न क्षेत्रका उच्चस्तरीय पदाधिकारीले भेट गरी द्विपक्षीय रोजगारी प्रवर्द्धनका विषयमा छलफल भएको मन्त्रायले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register