टेरी मिकेस्का फाउण्डेसनले दियो बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन

बिर्तामोड, ५ असोज । टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगरअस्पतालमा आयोजित एक कार्यक्रमका विचफाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेशिन हस्तान्तरण गर्नु भयो । डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनका अनुसार उक्त [...] The post टेरी मिकेस्का फाउण्डेसनले दियो बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन appeared first on Jhapa Online.

Sep 21, 2024 - 16:14
 0
टेरी मिकेस्का फाउण्डेसनले दियो बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन

बिर्तामोड, ५ असोज । टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ ।

नगरअस्पतालमा आयोजित एक कार्यक्रमका विच
फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेशिन हस्तान्तरण गर्नु भयो ।

डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनका अनुसार उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउण्डेसनलाई धन्यवाद दिनु भयो । उहाँले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगरअस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाउने कार्यमा आफु लागेको बताउनु भयो । यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले यो महत्वपुर्ण प्रविधिले सेवा प्रवाहमा सहयोग पुर्याउने भन्दै बिर्तामोडका जनताले लाभ लिने बताउनु भयो ।

कार्यक्रममा दाता टेरी मिकेस्कालाई प्रशंसका पत्र प्रदान गरिएको छ ।नगरप्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले सम्मान स्वरुप उहाँलाई प्रशंसा पत्र प्रदान गर्नु भयो ।

कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. आयन अधिकारी, टेरी मिकेस्का फाउण्डेसनका प्रमुख टेरी मिकेस्का, अस्पताल व्यवस्थापन समिति सदस्य अर्जुन पाठकले घारणा राख्नुभयो ।

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, कार्यपालिका सदस्य यमुना आचार्य, टेरी मिकेस्का फाउण्डेसन र नगरअस्पतालको समन्वय गराउने बिर्तामोड ३ का दुर्गा काफ्ले, राजन काफ्लेलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

The post टेरी मिकेस्का फाउण्डेसनले दियो बिर्तामोड नगर अस्पताललाई डिफिब्रिलेटर मेसिन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register