अलार्म नेपालको छैठौं अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं । ललितपुर जिल्ला भरी छरिएर रहेका विद्यालयहरूको समूह एकाडेमीक एण्ड लर्निङ एचिभ्मेन्ट थ्रु रियल मेनेज्मेन्ट नेपाल (अलार्म नेपाल)को आयोजनामा जिल्ला व्यापी छैठौं अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ । साथै सोही अवसर पारी अलार्म नेपालले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान समेत गरेको थियो । सो कार्यक्रमका […]

Sep 21, 2024 - 14:20
 0
अलार्म नेपालको छैठौं अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं ।

ललितपुर जिल्ला भरी छरिएर रहेका विद्यालयहरूको समूह एकाडेमीक एण्ड लर्निङ एचिभ्मेन्ट थ्रु रियल मेनेज्मेन्ट नेपाल (अलार्म नेपाल)को आयोजनामा जिल्ला व्यापी छैठौं अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

साथै सोही अवसर पारी अलार्म नेपालले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान समेत गरेको थियो ।

सो कार्यक्रमका प्रमुख अतिथी मन्त्री तेजुलाल चौधरी र विशेष अतिथि शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख निम प्रकाश सिंह राठोर लागायतले बिजेता विद्यालय तथा विद्यार्थीहरूलाई पुरस्कृत गरेका थिए ।

सोही क्रममा बोल्दै प्रमुख अतिथि तेजुलाल चौधरीले अलार्म नेपाल गरेको कार्यक्रम सराहनीय रहेको बताउँदै यस्ताखालका कार्यक्रमले विद्यार्थीहरूमा प्रस्तिपर्धी भावनाको विकास गर्ने मात्र नभइ शैक्षिक रूपमा अब्बल बनाउने तथा व्यवहारिक शिक्षा प्रदान गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए।

शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख निम प्रकाश सिंह राठोरले विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न मात्र नभई समग्र राज्यको शैक्षिक स्तरलाई अझ माथी यस्ता प्रकारका अतिरिक्त क्रियाकलाप आजको आवश्यक रहेको बताउदै यस्ता क्रियाकलापहरूलाई निरन्तरता दिन समन्वय इकाईले पनि भुमिका खेल्ने जानकारी गराए ।

खेलकुद मन्त्री चौधरीको प्रमुख आतिथ्य‌मा संचालित कार्यक्रमको सभापतित्व अलार्म नेपालका अध्यक्ष कन्हैया सिंह कुवरले गरेका थिए ।

सो प्रतियोगितामा पिस गार्डेन स्कुल खोकनाले प्रथम, प्याराडाइज स्कुल सानेपाले द्वितीय र हिमालयन स्कुल भनिमण्डलले तृतीय स्थान हासिल गरेको संस्थाका सचिब गोबिन्द अधिकारीले जानकारी गराए । साथै सो प्रतियोगितामा उत्कृष्ट सात विद्यालयहरूलाई पुरस्कृत समेत गरिएको थियो ।

उक्त प्रतियोगितामा ललितपुर जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका २५ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register