इलाममा एक महिलासहित छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु

झापा, ५ भदौ । देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाम रोङ गाउँपालिका–१ सिरिसेस्थित सडकमा मे. १ च ५९९९ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीया भीममाया राईको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको श्रीनिधी अस्पताल फिक्कल हुँदै बिएण्डसि अस्पताल [...] The post इलाममा एक महिलासहित छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु appeared first on Jhapa Online.

Sep 21, 2024 - 15:34
 0
इलाममा एक महिलासहित छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु

झापा, ५ भदौ । देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाम रोङ गाउँपालिका–१ सिरिसेस्थित सडकमा मे. १ च ५९९९ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ६४ वर्षीया भीममाया राईको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको श्रीनिधी अस्पताल फिक्कल हुँदै बिएण्डसि अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, चितवन भरतपुर महानगरपालिका–२ लिलाचोकस्थित सडकमा शहीदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बा प्र ०६–००२ प ३१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राती दुर्घटना हुँदा मोटरसाइकल चालक नवलपरासी गैँडाकोट नगरपालिका–५ काङग्रेसचोक बस्ने २६ वर्षीय रबिन थापा र मोटरसाइकलमा सवार लमजुङ दुधपोखरी गाउँपालिका–६ बस्ने ४० वर्षीय पूर्ण बहादुर गुरुङको मृत्यु भएको छ ।

बारा सुवर्ण गाउँपालिका–१ चरमोहनामा प्रदेश २–०३००त ३८५४ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने अजय सिंहको छोरा ४ वर्षीय साजन कुमार सिंहको शुक्रबार दिउँसो मृत्यु भएको छ । अजयले साजनलाई ट्याक्टरमा बसाई इँटा लोड गरी एक ठाउँबाट अर्को ठाउँमा सार्दै गर्दा ट्याक्टरबाट लडेका उनलाई ट्याक्टरको चक्काले कुल्चिदाँ घटनास्थलमै मृत्यु भएको हो ।

सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सडकमा बा २६ प ६४०१ नम्बरको मोटरसाइकल प्र १–०२–००३ ह ३५२१ नम्बरको सिटी रिक्सामा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ भारदह बस्ने २१ वर्षीय लक्ष्मन मण्डलको मृत्यु भएको छ ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post इलाममा एक महिलासहित छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register