दसैँ टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ मा

झापा, ५ भदौ । नेपाल पञ्चांग निर्णायक समितिले २०८१ सालको बडादसैँ सम्बन्धित साइतहरूबारे निर्णय सार्वजनिक गरेको छ। पर्यटन मन्त्रालयअन्तर्गतको यस समितिले यस वर्षको बडादसैँअन्तर्गत टीकाको उत्तम साइत असोज २६ गते शनिबार बिहान बिहान ११ः३६ मा उत्तम साइत रहेको जनाएको छ। टीका लगाइमाग्ने पूर्व फर्किने गरी बसाइँको व्यवस्थापन गर्नुपर्ने विधि पनि समितिले तय गरेको छ। यद्यपि, सामान्यतः देवीको प्रसाद [...] The post दसैँ टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ मा appeared first on Jhapa Online.

Sep 21, 2024 - 15:38
 0
दसैँ टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ मा

झापा, ५ भदौ । नेपाल पञ्चांग निर्णायक समितिले २०८१ सालको बडादसैँ सम्बन्धित साइतहरूबारे निर्णय सार्वजनिक गरेको छ।

पर्यटन मन्त्रालयअन्तर्गतको यस समितिले यस वर्षको बडादसैँअन्तर्गत टीकाको उत्तम साइत असोज २६ गते शनिबार बिहान बिहान ११ः३६ मा उत्तम साइत रहेको जनाएको छ। टीका लगाइमाग्ने पूर्व फर्किने गरी बसाइँको व्यवस्थापन गर्नुपर्ने विधि पनि समितिले तय गरेको छ।

यद्यपि, सामान्यतः देवीको प्रसाद लगाउन साइतको आवश्यकता भने नपर्ने भनी समितिले स्पष्ट पारेको छ।

विजया दशमीका दिन बिहान ८ः३३ बजे देवी विसर्जनको साइत रहेको पनि समितिले भनेको छ।

त्यस्तै तुलजाभवानी यात्रा बिहान ११ः५७ बजे र स्थिरासन दिउँसो १२ः५६ बजेको साइत तोकेको छ। खड्गयात्रा पनि विजया दशमीकै दिन हुनेछ।

असोज १७ गते बिहीबार नवरात्रारम्भ हुनेछ। त्यस दिन घटस्थापनाका लागि बिहान ९ः१६ बजेको साइत तय भएको छ।

पञ्चांग निर्णायक समितिले तय गरेका बडादसैँसँग सम्बन्धित साइतहरू यसप्रकार छन्-

१) विसं २०८१ साल असोज १७ गते, बिहीबार – नवरात्रारम्भ, घटस्थापना (बिहान ९ः१६ बजे)

२) विसं २०८१ साल असोज १८ गते शुक्रबार – झण्डा फेर्ने (पश्चिम मोहडा) (बिहान ९ः१४ बजे)

३) विसं २०८१ साल असोज २२ गते मङ्गलबार – श्री पचलीभैरव यात्रा

४) विसं २०८१ साल असोज २४ गते, बिहीबार – फूलपाती,

क) श्री तुलजाभवानी यात्रा (बिहान ७ः११ बजे),

ख) स्थिरासन (बिहान ८ः४३ बजे)

५) वि.संं. २०८१ साल असोज २५ गते, शुक्रबार –महाष्टमी, महानवमी

६) विसं २०८१ साल असोज २६ गते, शनिबार – विजया दशमी, देवी विसर्जन (बिहान ८ः३३ बजे),

क) टीका (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने) (बिहान ११ः३६ बजे)

ख) श्री तुलजाभवानी यात्रा (बिहान ११ः५७ बजे)

ग) स्थिरासन (दिउँसो १२ः५६ बजे)

घ) खड्गयात्रा

७) विसं २०८१ साल असोज ३० गते बुधबार – अखिलबलिपूर्ति

८) विसं २०८१ साल असोज ३० गते बुधबार – कोजाग्रत व्रत

The post दसैँ टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ मा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register