भारतमा नेपाली महिलाको निर्ममतापूर्वक हत्या, फ्रीजमा सडेको अवस्थामा भेटियो शव

काठमाडौं । भारतमा एक नेपालीको निर्मतापूर्वक हत्या भएको छ । टाइम्स अफ इन्डियाकाअनुसार एच महालक्ष्मी दासको हत्या भएको हो । शनिबार दिउँसो ३ः३० बजे मृतककी आमा र दिदीले उनी बसेको अपार्टमेन्टबाट दुर्गन्ध आएपछि घरधनीले बोलाएर मुख्य ढोका र त्यसपछि फ्रीज खोल्दा हत्या भएको खुलासा भएको हो । महालक्ष्मीको शरीरलाई ३० भन्दा बढी टुक्रा गरेर फ्रीजमा […]

Sep 22, 2024 - 11:41
 0
भारतमा नेपाली महिलाको निर्ममतापूर्वक हत्या, फ्रीजमा सडेको अवस्थामा भेटियो शव

काठमाडौं । भारतमा एक नेपालीको निर्मतापूर्वक हत्या भएको छ । टाइम्स अफ इन्डियाकाअनुसार एच महालक्ष्मी दासको हत्या भएको हो ।

शनिबार दिउँसो ३ः३० बजे मृतककी आमा र दिदीले उनी बसेको अपार्टमेन्टबाट दुर्गन्ध आएपछि घरधनीले बोलाएर मुख्य ढोका र त्यसपछि फ्रीज खोल्दा हत्या भएको खुलासा भएको हो ।

महालक्ष्मीको शरीरलाई ३० भन्दा बढी टुक्रा गरेर फ्रीजमा राखिएको थियो । उनी व्यालिकवलको पाइपलाइन रोडमा रहेको भवनको पहिलो तल्लामा बस्थिन् । उनी त्यही भवनको भुइँ तल्लामा बस्ने भवन मालिक जयरामसँग एक बेडरूमको आवासमा एक्लै बस्थिन् ।

महालक्ष्मीका आमा र बुवा दुई दशकअघि भारतमै बसोबार गर्दै आएका थिए । शनिबार एक छिमेकीले मालिक जयरामलाई उनको भवनबाट दुर्गन्धको बारेमा सचेत गराएका थिए । त्यसपछि जयरामले अर्को घरमा बस्ने महालक्ष्मीकी आमा र दिदीलाई फोन गरेर महालक्ष्मीलाई जाँच गर्न भने ।

त्यसपछि उनीहरूले अगाडिको ढोका बाहिरबाट बन्द गरेको पाए । ढोका फोडेर हेर्दा भुइँमा किराहरू थिए । फ्रीजबाट चर्को गन्ध आएपछि खोलेर हेर्दा त्यहाँ सडेको अवस्थामा शवका टुक्रा थिए ।

छिमेकीहरूका अनुसार महालक्ष्मी पाँच महिनादेखि त्यहाँ बस्दै आएकी थिइन् । सुरुका दिनहरूमा उनका जेठा दाजु पनि उनीसँगै बस्थिन् । बच्चासहित बस्दै आएकी महालक्ष्मी केही समयअघि श्रीमान्‌सँग अलग भएकी थिइन् ।

प्रहरीले एक वा बढी हत्यारा थिए भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ । पश्चिमाञ्चल महाशाखाका एसीपी सतीश कुमारले अनुसन्धान लामो समयसम्म हुनेसक्ने जानकारी दिए ।

प्रहरीका अनुसार महालक्ष्मीको मोबाइल फोन स्वीचअफ भएको दिन सेप्टेम्बर २ वा पछि हत्या भएको हुन सक्छ ।

उनीहरूले कल रेकर्ड जाँच गरिरहेका छन् । “यो अचम्मको कुरा हो कि उनको परिवारका कुनै पनि सदस्यले उनलाई यति लामो समयसम्म सम्पर्क गर्न खोजेनन् । हामी उनीहरूलाई यस बारे सोध्नेछौँ,” एक अधिकारीले भने ।

गन्ध फैलिएपछि खुल्यो घटना

अपराध स्थलमा दुर्गन्ध धेरै थियो कि त्यहाँ एकछिन रहनसमेत गाह्रो पर्थ्यो । छिमेकीहरूले आवारा जनावर मरेर कुहेको हुनसक्ने आकलन गरेका थिए ।

छिमेकी सुशीला (नाम परिर्वतन)ले महालक्ष्मीले उनीहरूसँग कहिल्यै कुराकानी नगरेको र आफू विवाहित भएको कुरा उनीहरूलाई थाहा नभएको बताइन् । “हामीलाई यति मात्र थाहा छ कि उनी आफ्नो कामको लागि बिहान ९:३० बजे मलमा जान्छिन् र राति १०:३० बजेतिर फर्किथिन्,” उनले भनिन् ।

हत्याराले पीडितलाई चिनेको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । बहुमूल्य वस्तुहरू छोएको तथ्यले हत्या भौतिक लाभका लागि नभएको प्रहरीको भनाइ छ ।

दुर्गन्ध फैलिएपछि मात्रै हत्याको घटना खुलेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register