नुवाकोट कलाकार समाज गठन, कलाकारका सृजनशीलतालाई थप उजागर गर्ने प्रतिबद्धता

काठमाडौं । नुवाकोटका कलाकारहरूले अब आफ्नो कला र संस्कृति प्रवर्द्धन गर्न एकीकृत संस्था पाएका छन् । काठमाडौँको बालाजुमा सम्पन्न भेलाले ‘नुवाकोट कलाकार समाज’ गठन गरेको छ । यस संस्थाले नुवाकोट क्षेत्रका कलाकारहरूको हकहित संरक्षण र समृद्धि गर्ने उद्देश्य राखेको छ । उक्त भेलाले प्रचण्ड बाबु राईलाई अध्यक्षमा चयन गरेको छ भने रामचन्द्र रिमाल उपाध्यक्षमा चयन […]

Sep 22, 2024 - 11:41
 0
नुवाकोट कलाकार समाज गठन, कलाकारका सृजनशीलतालाई थप उजागर गर्ने प्रतिबद्धता

काठमाडौं । नुवाकोटका कलाकारहरूले अब आफ्नो कला र संस्कृति प्रवर्द्धन गर्न एकीकृत संस्था पाएका छन् ।

काठमाडौँको बालाजुमा सम्पन्न भेलाले ‘नुवाकोट कलाकार समाज’ गठन गरेको छ । यस संस्थाले नुवाकोट क्षेत्रका कलाकारहरूको हकहित संरक्षण र समृद्धि गर्ने उद्देश्य राखेको छ ।

उक्त भेलाले प्रचण्ड बाबु राईलाई अध्यक्षमा चयन गरेको छ भने रामचन्द्र रिमाल उपाध्यक्षमा चयन भएका छन् ।

समाजका सचिवमा सुनिल थापा मगर, कोषाध्यक्षमा लक्ष्मी स्याङतान, र सदस्यहरूमा प्रवीण डङ्गोल, साहस शाक्य, सुजित श्रेष्ठ, ध्रुव तामाङ, पवित्र गुरुङ, शैलेन्द्र शाही, सन्तोष कार्की, संन्दिप सिंह थिङ, प्रेम राई गरी १३ सदस्यीय समिति गठन गरिएको छ ।

यसैगरी, कानुनी सल्लाहकारमा गोकर्ण पुडासैनीलाई चयन गरिएको छ । सल्लाहकारमा दामोदर खतिवडा, उसनमान श्रेष्ठ र पुरुषोत्तम डंगोललाई पनि समावेश गरिएको छ ।

समाजको उद्देश्य कलाकारहरूबीच एकता र सहकार्यलाई बलियो बनाउँदै नुवाकोटको कला, संस्कृति र पहिचानलाई अझ व्यापक रूपमा फैलाउनु रहेको छ ।

संघले निकट भविष्यमा कला क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ, जसले नुवाकोटका कलाकारहरूको सिर्जनशीलता र क्षमतालाई उजागर गर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register