पूर्व डीआईजी जोशीलाई थप अनुसन्‍धान गर्न पोखरा पुर्‍याइयो

काठमाडौँ । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्‍याइएको छ । ‘जरुरी पक्राउ पूर्जी’ दिएर नियन्त्रणमा लिएपछि उनलाई थप अनुसन्धानको लागि पोखरा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । आइतबार अपरान्ह पक्राउ परेका उनलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेको एक प्रहरी अधिकारीले जानकारी दिए […]

Sep 22, 2024 - 15:49
 0
पूर्व डीआईजी जोशीलाई थप अनुसन्‍धान गर्न पोखरा पुर्‍याइयो

काठमाडौँ । गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्‍याइएको छ । ‘जरुरी पक्राउ पूर्जी’ दिएर नियन्त्रणमा लिएपछि उनलाई थप अनुसन्धानको लागि पोखरा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

आइतबार अपरान्ह पक्राउ परेका उनलाई सोमबार कार्यालय समयमा जिल्ला अदालतमा उपस्थित गराउने तयारी रहेको एक प्रहरी अधिकारीले जानकारी दिए । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले जोशीलाई शंखमुल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई र पूर्वगृहमन्त्री रवि लामिछानेसँग मिलेर जोशीले पनि रकम अपचलन गरेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

आजै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

समितिले दिएका गृह मन्त्रालयसँग सम्बन्धित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

विभिन्न सहकारी संस्थाको बचत रकम दुरुपयोग भएको विषयमा र सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्न प्रतिनिधिसभाबाट २०८१ जेठ १५ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गरी सुझाव पेस गर्न समिति गठन भएको थियो ।

समितिले गत भदौ ३१ गते आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । प्रतिनिधिसभाले उक्त प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई बुझाएको थियो भने मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।

संसदीय छानबिन विशेष समितिले विभिन्न चारवटा विषयमा अध्ययन अनुसन्धान गरी सुझाव तथा सिफारिसका लागि कार्यादेश पाएको थियो । विभिन्न सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा प्रवाह भएको रकमको विषय पनि एउटा थियो ।

छानबिन समितिले सहकारी कानुनविपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा रकम प्रवाह गर्ने पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक एवम् निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाउन सरकारलाई सिफारिस गरेको थियो ।

गोरखा मिडिया कम्पनीमा रकम पठाएको देखिएका इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, आइएमई कोअपरेटिभ्स लगायत कानुनविपरीत कार्य गरेका सहरकारी संस्थाका सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन सरकारलाई सिफारिस गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register