सेनेगलको तटमा डुङ्गामा ३० जनाको शव फेला

डकार । अफ्रिकी देश सेनेगलको नौसेनाले राजधानी डकारको तटबाट करिब ७० किलोमिटर (४३ माइल) टाढा भेटिएको एउटा डुङ्गाबाट कम्तीमा ३० शव फेला पारेको सेनाले सोमबार जनाएको छ । उक्त जहाज कहाँबाट आएको थियो भन्नेबारे र मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न अनुसन्धान जारी रहेको सेनाले सामाजिक सञ्जालमा पोस्ट गरिएको विज्ञप्तिमा जनाएको छ । सेनेगलको तटवर्ती क्षेत्रमा […]

Sep 23, 2024 - 15:25
 0
सेनेगलको तटमा डुङ्गामा ३० जनाको शव फेला

डकार । अफ्रिकी देश सेनेगलको नौसेनाले राजधानी डकारको तटबाट करिब ७० किलोमिटर (४३ माइल) टाढा भेटिएको एउटा डुङ्गाबाट कम्तीमा ३० शव फेला पारेको सेनाले सोमबार जनाएको छ ।

उक्त जहाज कहाँबाट आएको थियो भन्नेबारे र मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्न अनुसन्धान जारी रहेको सेनाले सामाजिक सञ्जालमा पोस्ट गरिएको विज्ञप्तिमा जनाएको छ ।

सेनेगलको तटवर्ती क्षेत्रमा डुङ्गाबाट युरोप पुग्ने प्रयासमा बारम्बार दुर्घटनाहरू हुने गर्दछन् ।

आइतबार राति घटनाबारेमा सूचित भएपछि नौसेनाको गस्तीले माछा मार्ने डुङ्गालाई तानेर डकार बन्दरगाह ल्याएको थियो ।

सेनाको विज्ञप्तिमा भनिएको छ, “शव सड्ने अवस्थाका कारण उद्धार, पहिचान र स्थानान्तरण कार्य अत्यन्त जटिल बनेको छ, अहिलेसम्म ३० शवको गणना भइसकेको छ ।”

सेनेगलका तटहरू हरेक वर्ष युरोप पुग्ने आशामा धेरै आप्रवासीको प्रमुख प्रस्थान विन्दुमध्ये एक हो ।  एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register