छोराले गरे बाबुको हत्या

झापा, ७ असोज । बाँकेमा पिर्काले हानेर छोराले बुवाको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई छोरा दिप बहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । असोज २ गते राति बावु र छोराको झगडा परेपछि आफ्नै छोराले बुवालाई पिर्काले [...] The post छोराले गरे बाबुको हत्या appeared first on Jhapa Online.

Sep 23, 2024 - 15:30
 0
छोराले गरे बाबुको हत्या

झापा, ७ असोज । बाँकेमा पिर्काले हानेर छोराले बुवाको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई छोरा दिप बहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । असोज २ गते राति बावु र छोराको झगडा परेपछि आफ्नै छोराले बुवालाई पिर्काले हानेर हत्या गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिएको प्रहरीले जनाएको छ । पिर्का प्रहारबाट गम्भीर घाइते हुनुभएका क्षेत्रीको उपचारको क्रममा असोज ३ गते नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो । छोरा दिप बहादुरलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

The post छोराले गरे बाबुको हत्या appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register