नर्सरी व्यवसायः रोजगारीको विकल्प

उदयपुर । देशमा युवाहरु रोजगारी नपाएर विदेश जाने क्रम बढेको समयमा उदयपुरको त्रियुगा नगरपालिका ५ श्रीपुरका युवा दिपक वान्तवा भने घरमा नर्सरी राखेर राम्रो आम्दानी गरिरहेका छन् । जाँगर र श्रम गर्न सक्नेका लागि कमाउन बाहिर जानु पर्दैन भन्ने उदाहरण हुन दिपक वान्तवा । दिपक जस्ता धेरै युवाहरु विदेश गएर  काम नपाएर फर्किएका उदाहरण धेरै […]

Sep 23, 2024 - 17:51
 0
नर्सरी व्यवसायः रोजगारीको विकल्प

उदयपुर ।

देशमा युवाहरु रोजगारी नपाएर विदेश जाने क्रम बढेको समयमा उदयपुरको त्रियुगा नगरपालिका ५ श्रीपुरका युवा दिपक वान्तवा भने घरमा नर्सरी राखेर राम्रो आम्दानी गरिरहेका छन् ।

जाँगर र श्रम गर्न सक्नेका लागि कमाउन बाहिर जानु पर्दैन भन्ने उदाहरण हुन दिपक वान्तवा । दिपक जस्ता धेरै युवाहरु विदेश गएर  काम नपाएर फर्किएका उदाहरण धेरै छन् । कतिपयले विदेश गएर आएर नेपालमै केही गरौँ भन्ने सोचले राम्रा काममा हात हालेर लाखौँ कमाउन सफल भएका छन् ।

केही उद्यम गरौँ र समाजमा स्थापित भएर बस्न पर्दछ भन्ने सोचले नर्सरी व्यवसाय सञ्चालन गरेका दिपकले नर्सरी, तरकारी खेती, पशु पंक्षी पालन लगायतका व्यवसायको आम्दानीले दुई छोरालाई कम्प्युटर इन्जिनियर पढाए । जेठोले कम्प्युटर इन्जिनियर सकेर वल्र्डलिङ्क इन्टरनेट सेवा प्रदायक संस्थामा काम गर्छ भने कान्छोले पनि यसपाली बिआइटीको परीक्षा दिएको बताए । 

करीब ३ सय प्रकारका फलफूल तथा फूलका विरुवाहरु रहेको र दिनभरी यसैको गोडमेल स्याहार सुसारमा समय विताउने गरेको दिपक बताउँछन् । कृषि ज्ञान केन्द्र उदयपुरबाट १ लाख ५० हजार सहयोग प्राप्त गरेको र त्यसैको बोर्ड राखेर नर्सरी सञ्चालन भएको जानकारी दिँदै वार्षिक रुपमा ६ लाखसम्म आम्दानी हुने गरेको उनले बताए ।

नगरपालिकाबाट हालसमम सहयोग नपाएको बताउने दिपकले आफे नर्सरीमा हाम्रो दैनिक जीवनमा आवश्यक पर्ने जडीबुटीका साथै गाईबस्तुलाई खुवाउने घास, फलफूलका विरुवा, कार्यालयमा, पसलमा होटलमा सजाउने विरुवाहरु समेत बिक्रीकालागि राखिएको छ ।

नर्सरी व्यवसायको विकास र विस्तारकालागि त्रियुगा नगरपालिकाले अहिलेसम्म केही नगरेको जानकारी दिँदै त्रियुगा नगरपालिकाकी उप मेयर महेश्वरी राईले दिपक वान्त्वाले राम्रो गनर्’ भएको र अब नगरपालिकाभित्रका यस्ता नर्सरीहरुको विवरण संकलन गरेर विकास तथा विस्तार र यसको उन्नयनकालागि योजना बनाएर काम गर्ने बताइन ।

अर्ग्यानिक तरकारी, फलफूल, तथा मासुकालागि आफूले  काम गर्दे आएको तर बजारमा पाइने विषादी युक्त तरकारी तथा फलफूलले अर्ग्यानिक उत्पादनलाई पछि पारेको हुँदा स्थानीय सरकारले स्थानीय बजारमा स्थानीय उत्पादनलाई प्राथमिकता दिएर काम गर्दा स्थानीय तरकारी उत्पादक किसान तथा नर्सरी व्यवसाय गर्नेहरुलाई सहयोग पुग्ने र उत्पादकत्व बढाउन सहयोग गर्नु पर्ने धारणा दिपकको रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register