लन्डनमा मनाइयो युवाकवि मोतीराम भट्ट जयन्ती

लन्डन। नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूके तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके शाखाको संयुक्त आयोजनामा युवा कवि मोतिराम भट्टको १५८औं जन्मजयन्ती नर्थफिल्ड लण्डनमा भब्य रूपमा मनाइएको छ। नेमुप्र केन्द्रका उपाध्यक्ष वियोगी बुढाथोकीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहआयोजक रहेका अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठले स्वागत मन्तब्यका साथै कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । आदि मुक्तककार […]

Sep 22, 2024 - 22:16
 0
लन्डनमा मनाइयो युवाकवि मोतीराम भट्ट जयन्ती

लन्डन। नेपाल मुक्तक प्रतिष्ठान (नेमुप्र) यूके तथा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके शाखाको संयुक्त आयोजनामा युवा कवि मोतिराम भट्टको १५८औं जन्मजयन्ती नर्थफिल्ड लण्डनमा भब्य रूपमा मनाइएको छ।

नेमुप्र केन्द्रका उपाध्यक्ष वियोगी बुढाथोकीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सहआयोजक रहेका अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठले स्वागत मन्तब्यका साथै कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

आदि मुक्तककार तथा गजलकार भट्टको सम्मानमा भएको उक्त कार्यक्रमको पहिलो चरणमा जीत बुढाथोकी, निर्भिक रायमाझी, गंगा भण्डारी, रबिन्द्र जोशी, रामजी पहारी, विशन थापा, माया गुरुङ, राज श्रेष्ठ, सुमल गुरुङ, रघु भण्डारी, संजिता देउजा, डा. संगीता स्वेच्छा, सन्तोष कार्की, एकता बुढाथोकी, डा. रुपक श्रेष्ठ, वियोगी बुढाथोकी तथा दुर्गा पोख्रेलले मुक्तक तथा गजल वाचन गरे ।

दोश्रो चरणमा कवि विशन थापाको कविता संग्रह ‘आत्मीय आभाष’ को प्रमुख अतिथि बुढाथोकी, सभापति दुर्गा पोख्रेल, नेमुप्र अध्यक्ष राज श्रेष्ठ, सल्लाहकार सुमल गुरुङ, डा रुपक श्रेष्ठ तथा डा संगीता स्वेच्छाबाट संयुक्तरूपमा विमोचन भयो। विमोचित कृतिमाथि सुमल गुरुङले समीक्षा गरेका थिए भने कृतिकार थापाले लेखन तथा प्रकाशनमा प्रेरणादायी रहेका सम्पूर्णमा धन्यबाद ज्ञापन गरे ।

वियोगी बुढाथोकी प्रधान सम्पादक तथा प्रकाशक रहेका त्रैमासिक पत्रिका ‘शिवपुरी सन्देश’ को १०५ औं पूर्णांकको पनि सोही अवसरमा विमोचन गरिएको थियो।

उक्त पत्रिकाबारे सम्पादक बुढाथोकीले प्रकाश पारेका थिए । यसै सन्दर्भमा डा रुपक श्रेष्ठले ‘शिवपुरी संदेश’ को एक अंक ‘बेलायत विशेषांक’को रुपमा प्रकाशन गर्नका लागि अनुरोध गरे । बुढाथोकीले सहर्ष स्वीकार्दै आगामी ‘माघ-चैत्र’ अंक बेलायत विशेषांकको रुपमा प्रकाशन गर्ने जानकारी गराउंदै खुशी ब्यक्त गरेका थिए । 

डा संगीता स्वेच्छाको अंग्रेजी कथाकृति ‘रोजेज ओडेसी’ को हस्ताक्षर कार्यक्रम तथा बिबिध पुस्तक प्रदर्शनी पनि रहेको थियो। 

उक्त कार्यक्रम सदस्य गंगा भण्डारी तथा अनेसासका उपाध्यक्ष माया गुरुङले संचालन गरेका थिए। 

आयोजक नेमुप्र यूकेका अध्यक्ष तथा कार्यक्रमका सभापति दुर्गा पोख्रेलले समापनका क्रममा प्रमुख अतिथि साथै उपस्थित सबै साहित्यकारहरू तथा ब्यबस्थापनका लागि मोन्टिज रेष्टुरेन्टका संस्थापक दीपेन्द्र कार्की लगायत धीरज शमशेर जबरा तथा ममता श्रेष्ठलाई धन्यवाद ज्ञापन गरे।

बन्द सत्रमा रहेको नेमुप्रको कार्यकारी समितिको बैठकले रिक्त रहेको सचिव पदमा सदस्य गंगा भण्डारीलाई सर्वसम्मतिले चयन गरेको छ। उक्त पदमा नृपेश उप्रेतीले विगत दुई कार्यकाल सेवा गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register