सहकारीबाट एकल पुरुषलाई मासिक एक सय रुपैयाँ भत्ता

काठमाडौँ । मोरङको कानेपोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले एकल पुरुष सेयर सदस्यलाई मासिक एक सय रुपैयाँ भत्ता दिने भएको छ । सहकारीको ३४औं वार्षिक साधारणसभाले एकल पुरुषलाई मासिक भत्ता दिने निर्णय पारित गरेको हो । संस्थाले यसअघि ७० वर्षमाथिका २६ जना सेयर सदस्यलाई मासिक एक सय रुपैयाँ पोषण खर्चबापत दिँदै आएको थियो । […]

Sep 23, 2024 - 11:37
 0
सहकारीबाट एकल पुरुषलाई मासिक एक सय रुपैयाँ भत्ता

काठमाडौँ । मोरङको कानेपोखरीस्थित जनमुखी बचत तथा ऋण सहकारी संस्थाले एकल पुरुष सेयर सदस्यलाई मासिक एक सय रुपैयाँ भत्ता दिने भएको छ । सहकारीको ३४औं वार्षिक साधारणसभाले एकल पुरुषलाई मासिक भत्ता दिने निर्णय पारित गरेको हो ।

संस्थाले यसअघि ७० वर्षमाथिका २६ जना सेयर सदस्यलाई मासिक एक सय रुपैयाँ पोषण खर्चबापत दिँदै आएको थियो ।

सभामा नेफ्स्कुनका पुर्व संचालक गोमा नेपालले ठुला सहरका ठुला सहकारीले समुदायमा आधारित सहकारीलाई बदनाम गराएको बतईन् । उनले समुदायमा आधारित सहकारी संस्थाले ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाएको बताउँदै विपन्न वर्गका लागि ग्रामिण क्षेत्रका सहकारी वरदान साबित भएको उल्लेख गरिन् ।

एक करोड ८६ लाख ८६ हजार सेयर पुँजी रहेको जनमुखी सहकारी संस्थामा एक हजार २०८ जना सेयर सदस्य छन् । ९ करोड ७९ लाख १५ हजार ३ सय ३७ हजार रुपैयाँ बचत निक्षेप रहेको संस्थाले गत आर्थिक वर्षमा ९ करोड ९७ लाख ९० हजार ९ सय ८२ रुपैयाँ ऋण लगानी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register