विराटनगरमा भेटियो युवतीको शव

झापा, ७ असोज । मोरङको विराटनगरमा आज दिउँसो एक युवती मृत फेला परेकी छन् । नेपाल–भारत सीमा क्षेत्रनजिक मृत फेला परेकी उनको पहिचान खुलेको छैन । विराटनगर–१६ हुलास चोकको बाटो नजिक नालीमा करिब ३० वर्षीया युवती मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको पहिचान खुल्न सकेको छैन । घाटी पछाडि फूलजस्तो ट्याटु [...] The post विराटनगरमा भेटियो युवतीको शव appeared first on Jhapa Online.

Sep 23, 2024 - 15:58
 0
विराटनगरमा भेटियो युवतीको शव

झापा, ७ असोज । मोरङको विराटनगरमा आज दिउँसो एक युवती मृत फेला परेकी छन् । नेपाल–भारत सीमा क्षेत्रनजिक मृत फेला परेकी उनको पहिचान खुलेको छैन ।

विराटनगर–१६ हुलास चोकको बाटो नजिक नालीमा करिब ३० वर्षीया युवती मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको पहिचान खुल्न सकेको छैन । घाटी पछाडि फूलजस्तो ट्याटु र शरीरका विभिन्न भागमा सेतो दुबीजस्तो देखिने उनले गाडा हरियो रंगको सर्ट र निलो जिन्सको पाइन्ट लगाएकी छन् भने उनको कपाल खौरिएको छ ।

घटनास्थल मुचुल्का गर्ने क्रममा मृतक युवतीको भित्री वस्त्रबाट २२ एम्पुल लागुऔषध बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

The post विराटनगरमा भेटियो युवतीको शव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register