मिनिरल वाटरको १०० रुपैयाँ लिने जिम्बु थकालीलाई ३ लाख जरिवाना

काठमाडौँ । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले जिम्बु थकालीलाई जरिवाना तिराएको छ । ३५ रुपैयाँ पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँ लिएको भन्दै विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिवाना तिराएको हो । जिम्बु थकालीले उपभोक्ताहरुलाई मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन […]

Sep 23, 2024 - 13:37
 0
मिनिरल वाटरको १०० रुपैयाँ लिने जिम्बु थकालीलाई ३ लाख जरिवाना

काठमाडौँ । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले जिम्बु थकालीलाई जरिवाना तिराएको छ । ३५ रुपैयाँ पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँ लिएको भन्दै विभागले काठमाडौंस्थित शान्तिनगरको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिवाना तिराएको हो ।

जिम्बु थकालीले उपभोक्ताहरुलाई मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेल सहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको थियो । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताएका छन् । ‘उपभोक्ताबाट गुनासो आउन थालेपछि हामी रेष्टुरेण्टमा गयौँ, पानी मागिएको थिएन तर पानी ल्याएर दिनुभयो । पानी र खाजा मःमः खायौँ, बिलमा ३५ रुपैयाँ अंकित मूल्य भएको पानीलाई १०० रुपैयाँ लिइएको थियो ।’ उनले भने ।

उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मुल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको बताए  ।

पौडेलले रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानी लगायतका कुनैपनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने चेतावनी दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register