नेपाल सीसायुक्त पेट्रोल प्रतिबन्ध लगाउने ग्लोबल साउथको पहिलो देश : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पछाडि परेका बालबालिका र गर्भवती महिलाजस्ता समूहमा सीसाबारे व्यापक जनचेतना फैलाउनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको महासभाका सिलसिलामा युएसआइडी र युनिसेफद्वारा आज आयोजित ‘लिड फ्रि फ्युचर : पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’ लाई सम्बोधन गर्दै उनले विषाक्त खानाले निम्न र मध्यम आय भएका देशहरूका बालाबालिकालाई हानी पुर्‍याइरहेको बताएका […]

Sep 24, 2024 - 01:41
 0
नेपाल सीसायुक्त पेट्रोल प्रतिबन्ध लगाउने ग्लोबल साउथको पहिलो देश : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पछाडि परेका बालबालिका र गर्भवती महिलाजस्ता समूहमा सीसाबारे व्यापक जनचेतना फैलाउनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाका सिलसिलामा युएसआइडी र युनिसेफद्वारा आज आयोजित ‘लिड फ्रि फ्युचर : पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’ लाई सम्बोधन गर्दै उनले विषाक्त खानाले निम्न र मध्यम आय भएका देशहरूका बालाबालिकालाई हानी पुर्‍याइरहेको बताएका हुन् ।

नेपाल सीसायुक्त पेट्रोल प्रतिबन्ध लगाउने ग्लोबल साउथका पहिलो देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले रंगमा सीसा नियमन गर्न बाध्यकारी नियमहरू लागू गर्ने क्षेत्रको पहिलो देश भएको बताए ।

सन् २०१४ मा, नेपाल सरकारले नेपालबाट सीसायुक्त रंग हटाउन ‘राष्ट्रिय सीसा रंग मापदण्ड’ लागू गरेको जानकारी गिराउँदै प्रधानमन्त्री ओलीले भने – २०२३ मा, हामीले खाद्य पदार्थ, मदिरा पेय पदार्थ, र आवश्यक खाद्य र पानी आपूर्तिमा सीसासहित भारी धातुहरूलाई सीमित गर्ने कडा नियमहरू लागू गरेका छौँ ।

प्रधानमन्त्री ओलीले २०२४ मा, नेपालले खाद्य सुरक्षा विधेयक पारित गरेर सार्वजनिक स्वास्थ्यको संरक्षण गर्न नियामक ढाँचालाई थप सुदृढ बनाएर महत्त्वपूर्ण काम गरेको बताए ।

उनले सीसा र सीसाजन्य वस्तुका कारण बालबालिका र महिलाको विकास, शारीरिक स्वास्थ्य र भविष्यको सम्भावनालाई क्षति पुर्‍याएकाले त्यसलाई नियन्त्रण गर्न विकविसत मुलुकले सहयोग गर्नुपर्ने बताए ।

विभिन्न प्रतिवेदनहरूका अनुसार सीसाको संसर्गले विश्वव्यापी उत्पादकत्व नोक्सानी वार्षिक अनुमानित १.४ ट्रिलियन डलर रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले ओलीले यद्यपि सीसाको विषाक्तता नियन्त्रण गर्न नसकेको त्यसको जोखिम झनै महङ्गो हुने बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register