भारतका प्रधानमन्त्री मोदीले भेटे युक्रेनका राष्ट्रपति जेलेन्स्की

वासिङ्टन डीसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार न्यूयोर्कमा द्विपक्षीय भेटका क्रममा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका छन् । दुई नेताबिच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए । संयुक्त राष्ट्र सङ्घको शिखर सम्मेलनमा सहभागी हुन अमेरिका गएको समयमा मोदीले जेलेन्स्कीलाई भेटेका हुन् । भेटबारे जानकारी […]

Sep 24, 2024 - 04:25
 0
भारतका प्रधानमन्त्री मोदीले भेटे युक्रेनका राष्ट्रपति जेलेन्स्की

वासिङ्टन डीसी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार न्यूयोर्कमा द्विपक्षीय भेटका क्रममा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटेका छन् ।

दुई नेताबिच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घको शिखर सम्मेलनमा सहभागी हुन अमेरिका गएको समयमा मोदीले जेलेन्स्कीलाई भेटेका हुन् । भेटबारे जानकारी दिँदै भारत सरकारको विदेश मन्त्रालयको तर्फबाट सामाजिक सञ्जाल प्लेटफर्मले ‘दुवै नेताबिच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको भनेर भनेको छ । भेटमा दुई नेताहरूले युक्रेनको अवस्थाबारे छलफल गरेका थिए ।

मोदीले युक्रेन सङ्कट वार्ता र कूटनीतिबाट समाधान गर्ने भारतको चाहनालाई फेरि दोहोर्‍याए । मोदी यतिबेला तीन दिने अमेरिका भ्रमणमा छन् । यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत क्वाडका सबै नेताहरूसँग भेट गरेका थिए ।

पछिल्लो समय भारतको हतियार युक्रेन रुस युद्धमा प्रयोग भएको भन्ने समाचार आएपछि उनीहरुको भेटलाई अत्यन्त नजिकबाट हेरिएको छ । यद्यपी भारतले यस विषयको खण्डन गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register