ससुराको हत्या गर्ने ज्वाइँ सार्वजनिक

मोरङ, ८ असोज । मोरङको पथरीशनिश्चरेमा धारिलो हतियार प्रहार गरी ससुराको हत्या गर्ने ज्वाइँलाई प्रहरीले सार्वजनिक गरेको छ। असोज ५ गते बिहान पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकका ६२ वर्षीय चन्द्रबहादुर तामाङ आफ्नै घरमा धारीलो हतियार गरी हत्या गरिएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा फलामको धारिलो दाउ फेला परेको थियो भने घटनामा संलग्न चन्द्रबहादुरका ज्वाइँ कानेपोखरी–५ [...] The post ससुराको हत्या गर्ने ज्वाइँ सार्वजनिक appeared first on Jhapa Online.

Sep 24, 2024 - 03:14
 0
ससुराको हत्या गर्ने ज्वाइँ सार्वजनिक

मोरङ, ८ असोज । मोरङको पथरीशनिश्चरेमा धारिलो हतियार प्रहार गरी ससुराको हत्या गर्ने ज्वाइँलाई प्रहरीले सार्वजनिक गरेको छ।

असोज ५ गते बिहान पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकका ६२ वर्षीय चन्द्रबहादुर तामाङ आफ्नै घरमा धारीलो हतियार गरी हत्या गरिएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा फलामको धारिलो दाउ फेला परेको थियो भने घटनामा संलग्न चन्द्रबहादुरका ज्वाइँ कानेपोखरी–५ का २९ वर्षीय रविन राई फरार भएका थिए ।

उनलाई खोज तलासको क्रममा असोज ६ गते धनकुटा मुलघाट भन्ने स्थानमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक ससुरा र ज्वाइँ बीच मादक पदार्थ सेवन पश्चात विवाद हुँदा धारिलो हतियार फलामको दाउले प्रहार गर्दा ससुरा तामाङको घटनास्थलमै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।

The post ससुराको हत्या गर्ने ज्वाइँ सार्वजनिक appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register