चियाको निर्यात ५२ प्रतिशतले बढ्यो 

काठमाडौँ । पछिल्लो १ वर्षमा नेपालबाट चियाको निर्यात ५० प्रतिशतभन्दा बढिले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको हो ।  साउन र भदौ महिनामा मात्रै काँकरभिट्टा नाकाबाट १ अर्ब १३ करोड ३४ लाख मूल्य बराबरको ४ हजार ४ सय […]

Sep 24, 2024 - 04:53
 0
चियाको निर्यात ५२ प्रतिशतले बढ्यो 

काठमाडौँ । पछिल्लो १ वर्षमा नेपालबाट चियाको निर्यात ५० प्रतिशतभन्दा बढिले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौ महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको हो । 

साउन र भदौ महिनामा मात्रै काँकरभिट्टा नाकाबाट १ अर्ब १३ करोड ३४ लाख मूल्य बराबरको ४ हजार ४ सय १२ मेट्रिक टन चिया भारत निर्यात भएको छ ।

जबकी गत आर्थिक वर्षको साउन र भदौमा २ हजार ९ सय २ टन मात्रै चिया निर्यात भएको थियो । प्रतिकुल मौसम र खडेरीका कारण दक्षिण भारतमा चियाको उत्पादन घटेसँगै नेपालबाट चियाको निर्यात बढेको चिया उत्पादक व्यवसायीहरुको भनाई छ ।

नेपालबाट भारतबाहेक चीन, अमेरिका, जापान लगायतका देशमा चिया निर्यात हुँदै आएको छ । 

हाल नेपालमा चियाको निर्यातबाट मात्रै वर्षेनी ३ करोड ८० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भइरहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । चिया उत्पादनमा लगानी वृद्धि गर्ने र किसानलाई प्रोत्साहन गर्ने नीति लिए चियाको निर्यातबाटै ठूलो विदेशी मुद्रा नेपाल भित्र्याउन सकिने उद्योगीहरुले बताएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register