सन् १९५१ मा ६ वर्षको उमेरमा अपहरणमा परेका बालक ७० वर्षभन्दा बढी समयपछि जिउँदै फेला

क्यालिफोर्निया : लुइस आर्मान्डो आल्बिनो १९५१ मा ६ वर्षका हुँदा क्यालिफोर्नियाको ओकल्याण्ड पार्कमा खेल्दै गर्दा अपहरणमा परेका थिए । अहिले, सात दशकभन्दा बढी समयपछि, अनलाइन वंश परीक्षण, पुराना तस्बिरहरू र समाचारपत्रका कटनाहरूको सहयोगले आल्बिनो फेला परेका छन्। बे एरिया न्यूज ग्रुपले शुक्रबार रिपोर्ट गरेको छ – ओकल्याण्डमा बस्ने आल्बिनोकी भतिजीले पुलिस, एफबीआई र न्याय विभागको […]

Sep 24, 2024 - 05:25
 0
सन् १९५१ मा ६ वर्षको उमेरमा अपहरणमा परेका बालक ७० वर्षभन्दा बढी समयपछि जिउँदै फेला

क्यालिफोर्निया : लुइस आर्मान्डो आल्बिनो १९५१ मा ६ वर्षका हुँदा क्यालिफोर्नियाको ओकल्याण्ड पार्कमा खेल्दै गर्दा अपहरणमा परेका थिए । अहिले, सात दशकभन्दा बढी समयपछि, अनलाइन वंश परीक्षण, पुराना तस्बिरहरू र समाचारपत्रका कटनाहरूको सहयोगले आल्बिनो फेला परेका छन्।

बे एरिया न्यूज ग्रुपले शुक्रबार रिपोर्ट गरेको छ – ओकल्याण्डमा बस्ने आल्बिनोकी भतिजीले पुलिस, एफबीआई र न्याय विभागको सहयोगमा पूर्वी तटमा आफ्नो काका फेला पारेकी छिन्।

६३ वर्षीय भतिजी आलिदा आलेक्विनका अनुसार आल्बिनो एक पितासमेत र हजुरबा हुन् । भियतनाम युद्धमा सेवा गरेका अवकाशप्राप्त फायरफाइटर र मरीन कोर्प्सका पूर्व सैनिक हुन् । उनले आल्बिनोलाई फेला पारिन् र जुन महिनामा उनलाई क्यालिफोर्नियाको परिवारसँग पुनर्मिलन गरिन्।

फेब्रुअरी २१, १९५१ मा, एक महिलाले ६ वर्षका आल्बिनोलाई ओकल्याण्डको पश्चिमी पार्कबाट फकाएर लगेकी थिइन्, जहाँ उनी आफ्ना दाजुका साथ खेल्दै थिए। स्पेनी भाषामा ती महिलाले उनलाई मिठाइ किनिदिने भनेर आश्वासन दिएकी थिइन्।

समाचारका अनुसार तर, महिलाले बच्चालाई अपहरण गरेर पूर्वी तटमा पुर्‍याइन्, जहाँ उनी एउटा दम्पतीको सन्तानजस्तै पालिए । अधिकारी र परिवारका सदस्यहरूले उनलाई पूर्वी तटको कुन स्थानमा फेला पारिएको भने खुलाएका छैनन्।

‘७० वर्षभन्दा बढी समयसम्म आल्बिनो हराएका थिए, तर उनी सधैं आफ्नो परिवारको मुटुमा थिए र उनको फोटो सधैं आफन्तहरूको घरमा झुन्डिएको थियो’, भतिजीले बताइन्। उनकी आमाले आफ्नो छोरा जिउँदै छ भन्ने आशा कहिल्यै छोडिनन्।

समाचार समूहसँगको एक अन्तर्वार्तामा, उनले भनिन् – उनका काकाले उनलाई अँगालो हालेर भने, ‘मलाई फेला पारेकोमा धन्यवाद,’ र गालामा चुम्बन गरे।

त्यस समयमा प्रकाशित ओकल्याण्ड ट्रिब्युनका लेखहरूमा स्थानीय सेना बेसका सैनिकहरू, तट रक्षक र अन्य शहरका कर्मचारीहरूले हराएका बालकको व्यापक खोजीमा भाग लिएको उल्लेख छ। सान फ्रान्सिस्को खाडी र अन्य जलमार्गहरू पनि खोजिएको थियो। उनका दाजु रोजर आल्बिनोलाई अन्वेषकहरूले पटकपटक सोधपुछ गरे, तर उनले आफ्ना दाजुलाई महिलाले लगेको कहानीमा अडिग रहे।

उनका काका जीवित हुनसक्ने पहिलो संकेत २०२० मा पत्ता लागेको थियो । जब उनले मात्र रमाइलोका लागि अनलाइन डीएनए परीक्षण गरिन्। यसले एक व्यक्तिसँग २२ प्रतिशत मिलेको देखायो, जो पछि उनका काका साबित भए। त्यतिबेला थप खोजी गर्दा कुनै जवाफ भने फेला परेन ।

सन् २०२४ को सुरुतिर, उनले आफ्ना छोरीहरूसँग फेरि खोजी सुरु गरिन्। ओकल्याण्ड पब्लिक लाइब्रेरीको भ्रमणमा गरिन् । उनले ट्रिब्युनका लेखहरूको माइक्रोफिल्म हेरेकी थिइन् — जसमा लुइस र रोजरको तस्बिर थियो । जसले उनलाई सही मार्गमा रहेको आश्वासन दियो। उनले सोही दिन ओकल्याण्ड पुलिसकोमा गइन्।

अन्वेषकहरूले अन्ततः नयाँ प्रमाण पर्याप्त छ भनेर सहमत भए र हराइरहेको व्यक्तिको नयाँ केस दर्ता भयो। ओकल्याण्ड पुलिसले गत हप्तामा हराइरहेको व्यक्तिको केस बन्द गरिएको तर अपहरणको अनुसन्धान अझै खुला रहेको बताएको छ।

लुइस पूर्वी तटमा फेला परे र डीएनए नमूना प्रदान गरे ।

जुन २० मा, अन्वेषकहरू उनकी आमाको घर गए, आलेक्विनले बताइन्, र दुवैलाई उनका काका फेला परेको जानकारी दिए। आलेक्किनले भनिन् –अन्वेषकहरू गएपछि मात्र हामीले रुन सुरु गर्‍यौं । मैले आमाका हात समातेर भनेँ –हामीले उनलाई फेला पार्यौ । अत्यन्तै खुसी थिएँ ।

जुन २४ मा, एफबीआईको सहयोगमा, लुइस आफ्ना परिवारका सदस्यहरूसँग ओकल्याण्ड आए र आलेक्विन, उनकी आमा र अन्य आफन्तहरूसँग भेटे। भोलिपल्ट आलेक्विनले आफ्नो आमालाई र नवफेला काकालाई रोजरको घरमा स्टानिस्लस काउन्टी, क्यालिफोर्निया, लगेकी थिइन्।

ूउनीहरूले एकअर्कालाई अँगालो हाले र निकै लामो समयसम्म कस्सिएर बसे। उनीहरू बस्न बसेर त्यो अपहरणको दिन, उनीहरूको सैनिक सेवाबारे र अन्य धेरै कुरा कुरा गरे, उनले भनिन्।

लुइस पूर्वी तटमा फर्किए तर जुलाईमा फेरि तीन हप्ताको लागि आए। यो रोजरलाई अन्तिम पटक देखेको थियो, जसको अगस्टमा मृत्यु भयो। आलेक्विनले भनिन् – उनका काकाले मिडियासँग कुरा गर्न चाहेनन्।

‘म सधैं उनलाई फेला पार्ने दृढ थिएँ, र मेरो कहानी बाहिर गएपछि अरू परिवारलाई पनि यसबाट मद्दत मिल्न सक्छ। म भन्न चाहन्छु, हार नमान्नुस्,’ आलेक्विनले भनिन्। सिएनएन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register