पेस्ट्री सेफ थापाले साउदीमा देखाए अद्भुत बेक कला

साउदी अरब । साउदी अरबको केम्पिनस्की होटलका एक्जुकेटिभ पेस्ट्री सेफ सरोज सिंह थापाले साउदी अरबको ९४ औं राष्ट्रिय दिवसको अवसरमा आफ्नो बेक फेस्ट कला प्रस्तुत गरेर सबैको ध्यान खिच्न सफल भएका छन् । थापाले प्रस्तुत गरेको बेक फेस्टलाई अवलोकन गर्न आएका साउदी अरबलगायतका देशका नागरिकहरू दङ्ग परेर फर्किएका छन् । पेस्ट्री तथा केकहरूमा उनले देखाएको […]

Sep 24, 2024 - 09:09
 0
पेस्ट्री सेफ थापाले साउदीमा देखाए अद्भुत बेक कला

साउदी अरब । साउदी अरबको केम्पिनस्की होटलका एक्जुकेटिभ पेस्ट्री सेफ सरोज सिंह थापाले साउदी अरबको ९४ औं राष्ट्रिय दिवसको अवसरमा आफ्नो बेक फेस्ट कला प्रस्तुत गरेर सबैको ध्यान खिच्न सफल भएका छन् ।

थापाले प्रस्तुत गरेको बेक फेस्टलाई अवलोकन गर्न आएका साउदी अरबलगायतका देशका नागरिकहरू दङ्ग परेर फर्किएका छन् । पेस्ट्री तथा केकहरूमा उनले देखाएको विविधता र कलात्मकता सबैले खुलेर प्रशंसा गरेका छन् ।

सेफ थापाले साउदी सरकारको भिजन २०३० को थिम अन्तर्गत “हामी सपना देख्छौं र पूरा गर्छौं” भन्ने सन्देशलाई आत्मसात गर्दै ९४ मिटर लामो केकहरू तयार पारेका थिए ।

उनले दर्जनौं फ्लेभरका केक र पेस्ट्रीलाई अनौठो आकृतिमा प्रस्तुत गरेका थिए । उपस्थित दर्शकहरू उनका केक र पेस्ट्री हेर्दा अचम्मित भएका थिए । धेरैले उनको कलाको प्रशंसा गर्दै “यो नेपाली सेफले कहाँ यस्तो अद्भुत कला सिके?” भनेर जिज्ञासा व्यक्त गरेका थिए ।

थापाले आफ्नो टिमसँग मिलेर तयार पारेका विविध आकृतिका पेस्ट्री र केकहरू होटलको रेस्टुरेन्टमा प्रदर्शनमा राखिएको थियो, जसले अवलोकनकर्ताहरूलाई छुट्टै संसारमा पुगेको अनुभव दिलायो ।

नेपालका छोरा थापाले साउदी अरबको केम्पिनस्की होटलमा आफ्नो कला देखाएर नेपाली पेस्ट्री सेफहरूको प्रतिभालाई विश्वसामु चिनाइरहेका छन् ।

यसअघि उनले क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा पनि दर्जनौं फ्लेवरका केक र पेस्ट्रीको आकर्षक प्रदर्शनी गरेका थिए, जसमा धेरैले चाख्न र फोटो खिच्न लामबद्ध भएका थिए ।

दुबईमा धेरै सफल होटलहरूमा काम गरिसकेका थापा, विगत ३ वर्षदेखि साउदीको केम्पिनस्की होटलमा कार्यरत छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register