हिजबुल्लाह-इजरायल भिडन्त : अहिलेसम्म ५५८ जनाको मृत्यु, दक्षिणी शहर छाडेर हिँडे लेबनानी

काठमाडौं । लेबनानमा इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ५५८ पुगेको छ । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले ज्यान गुमाउनेमा ५० बालबालिका रहेको जानकारी दिए । घटनामा १ हजार ८३५ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । सोमबार इजरायलले लेबनानमाथि सयौं मिसाइल प्रहार गरेको थियो । सोमबार लेबनानका लागि सन् […]

Sep 24, 2024 - 12:57
 0
हिजबुल्लाह-इजरायल भिडन्त : अहिलेसम्म ५५८ जनाको मृत्यु, दक्षिणी शहर छाडेर हिँडे लेबनानी

काठमाडौं । लेबनानमा इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको संख्या ५५८ पुगेको छ । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले ज्यान गुमाउनेमा ५० बालबालिका रहेको जानकारी दिए ।

घटनामा १ हजार ८३५ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

सोमबार इजरायलले लेबनानमाथि सयौं मिसाइल प्रहार गरेको थियो । सोमबार लेबनानका लागि सन् १९९० मा गृहयुद्धको अन्त्यपछि सबैभन्दा घातक दिन भएको स्वास्थ्यमन्त्री अबियाद बताउँछन् ।

हिजबुल्लाह-इजरायलबीच मिसाइल हानाहान : नेपाली सेना सुरक्षित, खतरा भने कायमै  

इजरायल र लेबनान दुवै देशका विद्यालयहरू बन्द गरिएको छ । लेबनानको दक्षिणी क्षेत्र शहरमा बसोबार गर्ने व्यक्तिहरु छोडेर हिँड्न थालिसकेका छन् । सोहीकारण सडकमासमेत चर्को जाम रहेको छ ।

हमलाका कारण कतार एयरवेज, ब्रिटिश एयरवेज र लुफ्थान्सा लगायतका एयरलाइन्सले यस क्षेत्र भित्र र बाहिर सबै उडान रद्द गरेका छन् ।

इजरायलले सोमबार ८ सयभन्दा बढी हिजबुल्लाहका अखडाहरुमा प्रहार गरेको थियो । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।

विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् ।

पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा सरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register