सर्वोच्चले माग्यो दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण 

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण मागेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले नेपाल प्रहरी र सरकारसँग प्रसाईं पक्राउको कारण माग गरेको हो ।  प्रसाईं पक्राउ परेपछि प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र जिल्ला […]

Sep 24, 2024 - 13:09
 0
सर्वोच्चले माग्यो दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण 

काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण मागेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले नेपाल प्रहरी र सरकारसँग प्रसाईं पक्राउको कारण माग गरेको हो । 

प्रसाईं पक्राउ परेपछि प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र जिल्ला अदालत काठमाडौँसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण मागेको सर्वोच्चका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले बताएका छन् ।

प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की एक नेतृले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले आइतबार उनकै घरबाट पक्राउ गरेको थियो । 

उनी पक्राउ परेपछि जिल्ला अदालत काठमाडौँले पनि प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । तर, प्रसाईंलाई गैरकानूनी रुपमा पक्राउ गरेर थुनामा राखिएको भन्दै प्रसाईंका छोरा निराजनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register