श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूत भट्टराईले नै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएको र निवेदन सनाखत समेत भएकाले उक्त पदमा नियुक्तिका लागि निजको नाम दुई तिहाईले अस्वीकृत गरेको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी […]

Sep 24, 2024 - 13:45
 0
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारद्वारा श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अस्वीकृत गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले प्रस्तावित राजदूत भट्टराईले नै राजदूत नियुक्तिको प्रक्रियाबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएको र निवेदन सनाखत समेत भएकाले उक्त पदमा नियुक्तिका लागि निजको नाम दुई तिहाईले अस्वीकृत गरेको समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

स्नातक पास गरेको प्रमाणपत्र बुझाउन नसकेपछि यसअघि समितिले भट्टराईको नामबारे निर्णय गरेको थिएन ।

प्रमाणपत्र प्राप्त नभएपछि भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारीसँगै बैठक अघि नै व्यस्तताको कारण देखाउँदै भट्टराईले प्रस्तावित राजदूतबाट नाम फिर्ता लिने निवेदन दर्ता गराएका थिए ।

त्यस्तै, सुनुवाइ समितिको बैठकले संविधानअनुसार समावेशी र संसदीय सुनुवाइ समितिको कार्यविधि बमोजिम समानुपातिक समावेशी सिद्धान्तका आधारमा राजदूत सिफारिस गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको सभापति न्यौपानेले बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register