अनेरास्ववियुद्वारा राष्ट्रव्यापी खुल्ला वक्तित्वकला प्रतियोगितामा उत्कृष्ट १५ प्रतियोगी छनोट

काठमाडौं । अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीको आयोजनामा हुँदै गरेको राष्ट्रव्यापी खुल्ला वक्तित्वकला प्रतियोगिताको अडिसन चरणबाट उत्कृष्ट १५ प्रतियोगीहरु छनोट भएका छन्। खुल्ला शीर्षक दिएर आयोजना गरिएको यस प्रतियोगितामा एउटा नेतृत्व जसरी कुनै पनि स्थानीय राष्ट्रिय वा अन्तर्राष्ट्रिय विषयलाई उठान गरी समाधानसहित देशभरिमा १५९ प्रतियोगीहरुबाट प्राप्त भिडियोका आधारमा प्रारम्भिक चरणका निर्णायकहरूबाट १५ जना छनोट […]

Sep 24, 2024 - 16:19
 0
अनेरास्ववियुद्वारा राष्ट्रव्यापी खुल्ला वक्तित्वकला प्रतियोगितामा उत्कृष्ट १५ प्रतियोगी छनोट

काठमाडौं ।

अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीको आयोजनामा हुँदै गरेको राष्ट्रव्यापी खुल्ला वक्तित्वकला प्रतियोगिताको अडिसन चरणबाट उत्कृष्ट १५ प्रतियोगीहरु छनोट भएका छन्।

खुल्ला शीर्षक दिएर आयोजना गरिएको यस प्रतियोगितामा एउटा नेतृत्व जसरी कुनै पनि स्थानीय राष्ट्रिय वा अन्तर्राष्ट्रिय विषयलाई उठान गरी समाधानसहित देशभरिमा १५९ प्रतियोगीहरुबाट प्राप्त भिडियोका आधारमा प्रारम्भिक चरणका निर्णायकहरूबाट १५ जना छनोट गरिएका हुन्।

मदन भण्डारीको स्मृतिमा आयोजित यस प्रतियोगिता “म भित्रको मदन भण्डारी” भन्ने मूल नाराका साथ आयोजना गरिएको छ। फाइनल चरणका लागि १० जना महिला र पाँच जना पुरुष छनोट भएका छन् भने फाइनल असोज १२ गते हुने कार्यक्रम संयोजक सौगातसेन ढकालले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register