तामागढी-सिम्रौनगढ हुलाकी सडक मुआब्जा विवाद समाधानतर्फ, रिले अनशन स्थगित

काठमाडौं । बाराको तामागढी-सिम्रौनगढ हुलाकी सडक निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि अधिग्रहण गरिएको घर, टहरा, तथा जग्गाको मुआब्जा नपाएपछि सुरु भएको रिले अनशन र धर्ना कार्यक्रम अन्ततः स्थगित भएको छ । मुआब्जा सहयोग तथा संघर्ष समितिका अध्यक्ष अनवर अन्सारीको नेतृत्वमा १०८ दिनदेखि काठमाण्डौंको माइतीघरमा जारी धर्ना र रिले अनसन बुधबार स्थगित भएको हो […]

Sep 25, 2024 - 07:29
 0
तामागढी-सिम्रौनगढ हुलाकी सडक मुआब्जा विवाद समाधानतर्फ, रिले अनशन स्थगित

काठमाडौं । बाराको तामागढी-सिम्रौनगढ हुलाकी सडक निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि अधिग्रहण गरिएको घर, टहरा, तथा जग्गाको मुआब्जा नपाएपछि सुरु भएको रिले अनशन र धर्ना कार्यक्रम अन्ततः स्थगित भएको छ ।

मुआब्जा सहयोग तथा संघर्ष समितिका अध्यक्ष अनवर अन्सारीको नेतृत्वमा १०८ दिनदेखि काठमाण्डौंको माइतीघरमा जारी धर्ना र रिले अनसन बुधबार स्थगित भएको हो ।

सरकारले निर्धारित गरेको मुआब्जा २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६२५ रुपैयाँ समयमा नपाउँदा स्थानीयहरू आक्रोशित भएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको निर्देशनमा बारा-१ का प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनालीको समन्वयमा सडक विभागका महानिर्देशक रामहरि पोखरेल र संघर्ष समितिका प्रतिनिधिहरूबीच भएको छलफल पछि बुधबार दुई बुँदे सहमति भएको छ ।

आज माइतीघरमा भएको सहमतिअनुसार सरकारले मुआब्जाको बाँकी रकम यसै आर्थिक वर्षभित्र उपलब्ध गराउन पहल गर्ने छ । साथै, १०८ दिनदेखि जारी रिले अनशन र धर्ना कार्यक्रम हाललाई स्थगित गरिएको छ ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेल र मुआब्जा संघर्ष समितिका अध्यक्ष अनवर अन्सारीबीच सांसद मैनालीको रोहबरमा सहमति भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register